scheduleआइतवार फाल्गुन ५ गते, २०७५

माघ १ गते भनेर तरुल खाँदै हुनुहुन्छ ? यस्ता छन् तरुल खानुका फाइदा

काठमाडौं, १ माघ । मानव सभ्यताको विकासको सुरुवाती चरणमा मानिसले खाने भनिएको कन्दमूल मध्येको एक तरुल पनि हो । आज माघ एक गते । नेपाली समाजको उखान अनुसार ‘पुसमा पाक्के माघमा जाक्के’ अर्थात् पुसमा पकाएर माघमा खाने भन्दै कन्दमूल अन्तर्गत गर्ने तरुललाई पुस मसान्तका दिन उसिनेर माघ १ गते खाने पुरानो चलन रहिआएको छ ।

गाउँ शहर सबैतिर र अधिकाँशका घरमा माघ १ गतेका लागि भनेर पुस मसान्तका दिन तरुल उसिनेकै पाईन्छ । तरुललाई तरकारीको रुपमा र उसिनेर खाने गरिन्छ । कसैले स्वादको लागि तरुल खान्छन् त कसैले पेट भर्नकै लागि तरुल खाइरहेका हुन्छन् । जसले जसरी खाए पनि तरुल स्वास्थ्यको लागि पनि फाइदाजनक छ ।

कोरिया र जापानमा सदियौंदेखि यसलाई आयुर्वेदिक औषधिको रुपमा पनि प्रयोग गरिँदै आएको छ । वास्तवमा तरुल खानुका केही फाइदाहरु यसप्रकार छन्

–छाला तथा स्वासप्रश्वाससम्बन्धी समस्याबाट छुटकारा पाउन तरुललाई राम्रो मानिन्छ ।

–यसमा प्रशस्त मात्रामा फाइबर पाइने भएकाले पाचन प्रक्रियासम्बन्धी समस्याको लागि उपयुक्त मानिन्छ ।

–तरुलमा भिटामिन बी प्रशस्त मात्रामा पाइन्छ, जसले मुटुसम्बन्धी समस्या हुनबाट जोगाउँछ ।

–यसमा पाइने एण्टीअक्सिडेण्टले क्यान्सर रोगसँग लड्न सहयोग गर्दछ ।

–तरुल खानाले मस्तिस्कको विकास हुने र बुझ्ने क्षमतामा सुधार आउने अनुसन्धानले देखाएको छ ।

–यसमा पर्याप्त मात्रामा पाइने कार्वोहाइड्रेड पाइने हुँदा यसलाई शक्तिको प्रमुख स्रोतका रुपमासमेत लिने गरिन्छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob