scheduleशनिवार आश्विन ४ गते, २०७६

काँग्रेसका शिर्ष नेताहरुले प्रधानमन्त्री ओलीलाई भेट्दै, यस्तो छ कारण

काठमाडौं, १ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका शीर्ष नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न लागेका छन् । आफ्ना नेताको नाममा स्थापित अस्पताल बन्द नगर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन उनीहरुले प्रधानमन्त्रीलाई भेट्न लागेका हुन् ।

आफ्ना दुई नेताको नाममा स्थापित अस्पताल विघटन गर्न खोजेकाले प्रधानमन्त्रीलाई भेटेर निर्णय सच्याउन आग्रह गर्न लागिएको काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडलको निजी सचिवालयले जनाएको छ । तनहुँको दुलेगौंडास्थित बेलचौतारामा रहेको गिरिजाप्रसाद स्वासप्रश्वास केन्द्र र बाँकेको सुशील कोइराला क्यान्सर अस्पताल विघटनको प्रक्रिया सुरु गरेको जानकारीमा आएको भन्दै काँग्रेसले त्यस्तो नगर्न सरकारको ध्यानाकर्षण गराउन लागेको बुझिएको छ ।

नेता पौडेलले आज (मंगलबार) प्रधानमन्त्रीलाई भेटेर निर्णय सच्याउन आग्रह गर्ने र निर्णय नसच्चिए सदनदेखि सडकसम्म आन्दोलन गर्ने चेतावनी दिएका छन् । सोमबार प्रधानमन्त्रीलाई भेट्न खोजेका उनीहरुले आजको भेट समय पनि तय भैसकेको छैन ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage