scheduleबिहिवार मंसिर ५ गते, २०७६

शेयरधनीलाई दुई कम्पनीले क्रमश: ८% र १२.६३% बोनस र नगद लाभांश दिंदै

काठमाडौं, १ माघ। गुराँस लाइफ इन्स्योरेन्स र तारागाउँ रिजेन्सी होटलले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई क्रमश: बोनस शेयर र नगद लाभांश घोषणा गरेका छन्।

बीमा समितिले निर्देशन गरेको पूँजी जुटाउने क्रममा गुराँस लाइफले ८ प्रतिशत बोनस शेयर दिने भएको हो । गुराँसले हकप्रद घोषणा गरिसकेको भएपनि हकप्रद अघिकै पूँजी ५९ करोड ४० लाख रुपैयाँको ८ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको हो। कम्पनीको बोनसपछि चुक्ता पूँजी ६१ करोड १५ लाख रुपैयाँ पुग्नेछ।

कम्पनीले ५० प्रतिशत हकप्रद निष्काशनको लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाएको भएपनि समयमा निष्काशन गर्न नसक्दा निष्काशन रद्ध भएको थियो।

कम्पनीको उक्त बोनस शेयरको प्रस्ताव बीमा समिति र आगामी सधारण सभाबाट अनुमोदन भएपछि शेयरधनीले पाउनेछन् ।

यता तारागाउँ रिजेन्सी होटलले शेयरधनीलाई १२.६३१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको पुस २४ गते बसेको सञ्चालक समितिको बैंठकले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

कम्पनीले आर्थिक बर्ष २०७४/०७५ मुनाफाबाट चुक्ता पूँजीको १२ प्रतिशत नगद लाभांश र कर प्रयोजनको लागि ०.६३१ प्रतिशत रकम छुट्याएको छ ।

प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र शेयरधनीले प्राप्त गर्नेछन् ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage