scheduleआइतवार श्रावण ५ गते, २०७६

फुर्सद समयमा यसरी रिल्याक्स गर्छिन् मलाला यूसुफजाई

एजेन्सी, १ माघ । नोबल शान्ति पुरस्कार विजेता मलाला यूसुफजाईको गत हप्ता एउटा नयाँ पुस्तक आएको थियो । पुस्तकको नाम ‘वी आर डिस्प्लेस्डः माई जर्नी एण्ड स्टोरिज फ्रम रिफ्यूजी गल्र्स अराउण्ड द वल्र्ड’

पुस्तकमा मलालाले विस्थापितहरु र शरणार्थीहरुको समस्या उठाउनुका साथै आफ्नो अनुभव पनि साझा गरेकी छिन् ।
हालै बीबीसी विश्व सेवालाई उनले एउटा अन्तर्वार्ता दिएकी थिइन् जसमा उनले पुस्तक र जीवनसँग जोडिएका केही अन्तरंग कुराकानी साटेकी थिइन् ।

बीबीसी विश्व सेवासँगको अन्तर्वार्तामा मलालालाई आक्रमणपछि बर्मिघममा उपचारका लागि ल्याइए यता उनी दोस्रो मुलुकको संस्कृति र मानिसहरुबीच आफूलाई कसरी स्थापित गरिरहेकी छिन् भन्ने प्रश्न गरिएको थियो ।

उनले भनिन्, ‘स्कुलमा साथीहरुसँग कुराकानी गर्न मलाई निकै गाह्रो हुन्थ्यो उनीहरु फरक जोक्समा हाँस्थे र अर्कै जोक्समा हाँस्थे सांस्कृति फरक भएको कारण मैले भनेको जोक्समा उनीहरु हाँस्दैन्थे । त्यसैले म कहिले चुप चाप बस्थे कहिले किताब उठाएर पढेजस्तो गर्थे । तर अहिले एकदमै फरक छ मैले धेरै साथीहरु बनाइसकेकी छु । अब म पूर्णरुपमा बर्मिघमबासी भैसकेकी छु । सुरुवातमा साँच्चै एकदमै गाह्रो थियो ।’

कुराकानीको क्रममा मलालाई खाली समयमा उनले कसरी समय बिताउँछिन्, कसरी रिल्याक्स गर्छिन् भन्ने प्रश्न गरिएको थियो ।

जवफमा उनले आफूले टिभी हेर्ने गरेको बताइन् । उनले भनिन्, ‘मैले भर्खरै द गुड प्लेस हेरे । मलाई कमेडी शो हेर्न निकै मज्जा लाग्छ । मैले केही दिन अघि द ब्लैक ऐडर हेरेकी थिए । मलाई ब्रिटिश कमेडी शोहरु निकै मनपर्छ ।’

साथै उनले विश्वविद्यालयमा आफ्नो कोठा पूरा सफा राख्ने प्रयास गर्ने गरेको पनि बताइन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob