scheduleआइतवार श्रावण ५ गते, २०७६

छापामार शैलीमा पार्टी फुटाइएको विवेकशील साझाको निष्कर्ष

काठमाडौं, १ माघ । विवेकशील साझा पार्टीले उज्जल थापा समूहले छापामारा शैलीमा पार्टी फुटाएको आरोप लगाएको छ । सोमबार बसेको पार्टीको केन्द्रीय कार्य समिति बैठकले उज्जल थापा समूहले छापामारा शैलीमा पार्टी फुटाएको निष्कर्ष निकालेको हो ।

पार्टी केन्द्रीय कार्य समितिको बैठकका निर्णय सार्वजनिक गर्न मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले १५ महिनासँगै काम गरेर साथीहरुले थाहै नदिई छापामारा शैलीमा पार्टी फुटाएको निष्कर्ष पार्टी केन्द्रीय कार्य समितिले निकालेको जानकारी दिए । उनले पार्टी भित्रका कमी कमजोर सुधार गरेर अघि बढ्ने सम्भावना हुँदाहुँदै हतारमा पार्टीबाट अलग भएर उज्जल थापा समूहले गम्भीर गल्ती गरेको बताए ।

पार्टी फुट्नु दुःखद भएपनि आफूहरु हतास नभएको पनि प्रवक्ता आचार्यले बताए । उनले मुलुकलाई वैकल्पिक शक्ति चाहिएको र सो आवश्यक्ता पूरा गर्न आफ्नो पार्टी सक्षम हुने दाबीसमेत गरे ।

उक्त पार्टीले विभाजनपछिको चूनौतीलाई सामना गर्ने तयारीका लागि आगामी माघ १२ गते काठमाडौंमा राष्ट्रिय भेला पनि बोलाएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob