scheduleआइतवार भाद्र ८ गते, २०७६

पैसा ठिक गर्दै गर्नुहोस्, हाइड्रोको ७८ करोडको आइपीओ आउँदै

काठमाडौं, २ माघ । हिमाल दोलखा हाइड्रोपावर कम्पनीले ७८ करोड रुपैंया बराबरको साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । प्रतिकित्ता १०० रुपैंया अंकित दरको ७८ लाख कित्ता आइपीओ निष्काशनको माग गर्दै कम्पनीले नियामक धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

कम्पनीले आयोजना प्रभावित स्थानीयलाई १६ लाख र सर्वसाधारणलाई ६२ लाख कित्ता गरी ७८ लाख कित्ता आईपिओ जारी गर्न बोर्डसँग अनुमति माग गरेको हो ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्दैछ ।

हिमाल दोलखा हाइड्रोले इलामको गोदक गाविसमा ४.५ मेगावाटको माइखोला साना जलविद्युत आयोजना निर्माण सम्पन्न गरिसकेको छ भने इलाम नगरपालिकामा ८ मेगावाटको माई साना क्यास्केड जलविद्युत् परियोजनाको निर्माण अन्तिम चरणमा रहेको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage