scheduleमगलवार आश्विन २८ गते, २०७६

काँग्रेसले दियो प्रधानमन्त्रीलाई चेतावनी-‘तत्काल सहमतिमा फर्कने कि दबाब पर्खने’

काठमाडौं, २ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रा. डा. गोविन्द केसीसँग भएको सहमति तत्काल कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ ।

काँग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले प्रेस विज्ञप्ति वाचन गरेर उक्त माग गरेका हुन् । पत्रकार सम्मेलनमा शर्माले डा. केसीलाई एउटा व्यक्ति भनेर अवमूल्यन नगर्नसमेत चेतावनी दिए ।

उनले भने, ‘तत्कालै सहमतिमा फर्कने या चौतर्फी दबाव पर्खने सम्माननीय प्रधानमन्त्रीका सामुन्ने दुई वटा विकल्प छन् । विषयलाई गम्भीरतापूर्वक लिन हामी विनम्र भाषामा हार्दिक अपील गर्न चाहन्छौं ।’ डा। गोविन्द केसीको आमरण अनसन आठौँ दिनमा पुग्दै गर्दा उक्त चेतावनी दिएको हो ।

यसअघिको अनसनमा भएका सहमतिको अक्षरस पालना गर्दै चिकित्सा शिक्षा विधेयक ल्याउनुपर्ने भन्दै डा। गोविन्द केसीले पुस २५ गतेदेखि अनसन सुरु गरेका छन् ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage