scheduleशुक्रवार बैशाख १३ गते, २०७६

रियल मड्रिड कोपा डेल रे कपको क्वाटरफाइनलमा प्रवेश

काठमाडौँ, ३ माघ । गएराति भएको कोपा डेल रेको दोस्रो चरणको लिग चरण खेलमा रियल मड्रिड लेसानेससँग १-० गोलले पराजित भएको छ ।

तर, सम्रग ३-१ गोलले जित्दै रियल मड्रिड अर्को चरणमा प्रवेश गरेको छ । पहिलो लिग चरणको खेलमा लेगानेसविरुद्ध रियलले ३-० गोलले जित हात पारेको थियो ।

खेलको ३० औ मिनेटमा मार्टिनले गोल गर्दै लेगानेसलाई अग्रता दिलाएका थिए ।

रियलले भने खेलमा गोल गर्न सकेन । रियलका प्रशिक्षक सोलारीले भनेका छन्, हो हामी क्वाटरफाइनलमा प्रवेश गरेका छौँ ।

तर, हामीले बलियो खेल प्रदर्शन गर्न सकेनौँ । रियलले निकै कमजोर खेल खेल्यो । म सबैसँग माफी चाहन्छु । यसको जिम्मेवारी मैले लिनुपर्छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob