scheduleआइतवार भाद्र ८ गते, २०७६

घुमाउरो शैलीमा नेपाल विद्यार्थी संघ (नेविसंघ) को वर्तमान केन्द्रीय कार्यसमिति भंग

काठमाडौँ, ३ माघ । कांग्रेसले घुमाउरो शैलीमा नेपाल विद्यार्थी संघ (नेविसंघ) को वर्तमान केन्द्रीय कार्यसमिति भंग गरेको छ ।

पछिल्लो पटक थपिएको दुई महिनामा पनि महाधिवेशन गराउन नसकेपछि कांग्रेसले बुधबार विज्ञप्तिमार्फत वर्तमान कार्यसमितिलाई काम चलाउ हैसियतमा राखेको छ ।

माघ १० को पार्टी केन्द्रीय कार्यसमितिको निर्णयअनुसार हुने गरी त्यहाँसम्मका लागि दैनिक कामकाज गर्नमात्रै निर्देशन दिइएको छ ।

संघ अध्यक्ष नैनसिंह महरले महाधिवेशन गराउन नसक्ने भन्दै संस्थापनपक्षीय नौ र वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षीय ४५ पदाधिकारी तथा सदस्यले राजीनामा दिएका थिए ।

विधानअनुसार महर नेतृत्वको कार्यसमितिको म्याद भदौ २ मै सकिएको हो । महाधिवेशन गर्ने प्रयोजनका लागि पार्टीले पहिलो पटक ३ र दोस्रो पटक २ महिनाको म्याद थपेको थियो । कान्तिपुरमा खबर छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage