scheduleसोमवार श्रावण ६ गते, २०७६

साउदी छोडेर भाग्ने अर्की छोरी साल्वाको यस्तो छ कथा

एजेन्सी, ४ माघ । एउटा नाटकीय घटनाले साउदी अरबमा महिलाहरुले सामना गरिरहेको पीडा र प्रतिबन्धको कथालाई पुनः स्पटलाइटमा ल्याएको छ ।

१८ वर्षीया राहाफ मोहम्मद अल कुनुनले गत हप्ता विश्वको ध्यानाकर्षण गरिन् जब उनले आफूलाई बैंककको एउटा होटलभित्र थुनेर साउदी अरब आफ्नो घर फर्कन अस्वीकार गरिन् । त्यसपछि सुरु भएको एउटा हाई प्रोफाइल ट्वीटर अभियानले अन्तत उनलाई क्यानाडमा शरण दिलाउन मद्दत गर्यो र आजमात्र उनी क्यानडाको विमानस्थलमा उत्रिन् ।

साउदी अरबमा महिला अधिकारका विवादहरु उठिरहँदा अर्की एकजना युवतीले बीबीसी विश्व सेवालाई आफ्नो कथा सुनाइन् जो साउदीबाट क्याडनामा अहिले सुखी र खुशी जीवन बिताइरहेकी छिन् ।

२४ वर्षीया साल्वा आठ महिना अघि आफ्नी १९ वर्षीया बहिनीसँग साउदीबाट भागिन् अहिले उनी मान्ट्रियलमा बस्दैछिन् । उनले आफ्नो कथा यसरी आफै सुनाइन् ।

साल्वा आफ्नो मुखबाट आफ्ना कथा यसरी सुनाउँछिन् ।

हामी करिब ६ वर्षदेखि देशबाट भाग्ने योजना बनाइरहेका थियौं । तर त्यसो गर्नका लागि हामीसँग राष्ट्रिय परिचयपत्र र राहदानी थिएन । ती डकुमेन्टहरु प्राप्त गर्न साउदी अरबमा घरको पुरुष सदस्यको अनुमति आवश्यक पर्छ मलाई अभिभावकको अनुमति आवश्यक थियो । तर भाग्यवश म विश्वविद्यालयमा अध्ययनरत रहँदा मेरो परिवारले मलाई राष्ट्रिय परिचयपत्र दिन सहमत भए ।

दुईवर्ष अघि मैले अंग्रेजी भाषाको परिक्षामा बस्नु पर्ने भएकोले मैले पासपोर्ट पनि प्राप्त गरेको थिए । तर मेरो परिवारले ती सबै कागजातहरु आफैसँग राखेका थिए यद्यपी मैले त्यो पछि फिर्ता पाउन सफल भए ।

मैले दाजुको घरबाट चाबी चोरे र स्टोरमा गएर ती दस्तावेजहरु निकाले । मैले उनीहरुको अनुमति बिना घरबाट बाहिर निस्कन सक्दिन्थे त्यसैले उनीहरु सुतिरहेको समयमा चियाएर हेरे ।

त्यो निकै नै चुनौतीपूर्ण काम थियो यदि म पकडिएको थिए भने मलाई उनीहरुले चोट पुर्याउन सक्थे ।

मैले चाबी पाएपछि मैले मेरो र बहिनीको राहदानी पाए र बुवाको फोन पनि सुतिरहेको समयमा लिए ।

उनको फोन प्रयोग गरी अन्तरिक मन्त्रालयको वेभसाइटमा लग अन गरेर उनको नामको फोन नम्बर मेरो नाममा दर्ता गराए । साथै मैले उनको अकाउन्ट प्रयोग गरेर हामी दुबैलाई देश छोड्ने अनुमति दिए ।

राती सबै सुतिरहेको समयमा हामीले घर छोड्यौं । यो एकदमै चिन्ताजनक थियो ।

हामी गाडी चलाउन मिल्दैन थियो त्यसैले ट्याक्सीवाला बोलायौं । भाग्यवश साउदी अरबका सबै ट्याक्सी चालक विदेशीहरु छन् त्यसैले यात्रा गर्दा उनीहरुले हामीलाई अनौठो तरिकाले हेरेनन् ।

त्यसपछि हामी राजा रियाद नजिक खालिद अन्तराष्ट्रिय विमानस्थलमा गयौं यदि कसैले त्यो समय हामीलाई देखेको भए हामी मारिन पनि सक्थ्यौं ।

मेरो कलेजको अन्तिम वर्ष म अस्पतालमा काम गर्थे र मैले प्लेन टिकट र जर्मनीको ट्रान्जिट भिजा पर्याप्त पैसा जमाएको थिए । मैले बेरोजगारी भत्ताको पैसा पनि जम्मा गरेकी थिए ।

त्यसपछि हामी दुईजनाले जर्मनको फ्लाइटमा चढ्यौं । त्यो मेरो पहिलो अनुभव थियो निकै रमाइलो लाग्यो । निकै रमाइलो, डर सबै एकैपटक अनुभव भयो ।

मेरो बुवाले प्रहरी बलाउनु भएछ हामी घरमा नभएको थाहा पाएपछि तर त्यस समयसम्म ढिलो भैसकेको थियो । मैले फोन नम्बरको नाम दर्ता परिवर्तन गरेको कारण प्रशासनले उनलाई सम्पर्क गर्दा मलाई सम्पर्क गरेको थियो ।

जब हामी विमानस्थल झर्यौ तब मैले प्रहरीबाट म्यासेज पाए जुन उनीहरुले मेरो बुवालाई गरेका थिए ।

बास्तवमा साउदी अरबमा जीवन नै छैन । म त्यहाँ विश्वविद्यालयमा गए घर फर्के र दिनभरी बिना कामा बसिरहे ।

उनीहरुले मलाई पीडा दिन्थे । पुरुषहरु सर्वश्रेष्ठ हुने भन्ने सिकाउँथे र मलाई रमादानमा पनि जबरजस्ती पूजा गर्न र वर्त लिन दबाब दिन्थे ।

जब म जर्मनी पुगे तब मैले शरण माग गर्न वकील खोज्नका लािग कानुनी सहायतामा पुगे । मैले त्यहाँ केही फर्म भरे र मेरो कथा सुनाए । मैले क्याडना यसकारण चयन गरे किनभने मावन अधिकारका लागि विश्वमा यसको निकै राम्रो छवि छ । मैले सिरियाली शरणार्थी यहाँ पुर्नस्थापना भएको समाचार सुने र मेरो लागि यहीँ स्थानलाई चयन गरे ।

मेरो आग्रह स्वीकार भयो र म टोरोन्टो विमानस्थलमा उत्रिए । मैले त्यहाँको विमानस्थलमा क्यानडाको झण्डा देख्दा मलाई उपलब्धिको एउटा अतुलनीय भावना जागृत भयो ।

आज म र मेरी बहिनी मेन्ट्रियलमा तनावमूक्त जीवन बिताइरहेका छौं । यहाँ कसैले मलाई दबाब दिदैँन । साउदीमा हामीसँग पैसा थियो होला तर यहाँ हामी सुख महसुस गर्छौ किनभने हामीलाई कोठाबाट बाहिर निस्कन कसैको अनुमति लिनु पर्दैन ।

म यहाँ स्वतन्त्र छु मन परेको लगाउन, खान पाउँछु । म एकदमै खुशी छु ।

मलाई यहाँको अटोमनको रंग र हिउँहरु मनपर्छ । म फ्रेन्च भाषा सिक्दैछु । साइकल कुदाउन, पौडी खेल्न र हिउँमा स्केट गर्न सिक्दैछु ।
मलाई मेरो जीवनलाई राम्रो बनाइरहेको अनुभव भएको छ ।

मेरो परिवारसँग मेरो अहिले सम्पर्क छैन तर मलाई लाग्छ यो उहाँहरु र मेरो लागि दुबै पक्षको लागि राम्रो कुरा हो ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob