scheduleसोमवार श्रावण ६ गते, २०७६

गोठमा बाख्रा खान पसेको चितुवालाई स्थानीयले थुनिदिएपछि…

फाइल फोटो

रामेछाप, ६ माघ । रामेछाप जिल्लाको धारापानीमा बाख्रा खान पसेको चितुवालाई स्थानीयले गोठभित्रै थुनिदिएका छन् । जिल्लाको खाँडादेवी गाउँपालिका–१ राकाथुमको धारापानीमा बाख्रा खाने चितुवालाई स्थानीयले गोठभित्र थुनिदिएका हुन् ।

उक्त गाउँको प्रेमबहादुर श्रेष्ठको गोठमा पसेर राति चितुवाले बाख्रा मार्न थालेको थाहा पाएपछि श्रेष्ठले बाहिरबाट ढोकाको चुक्कुल लगाइदिएपछि चितुवा थुनिएको हो ।

घटना शुक्रबार रातिको हो । गोठमा आवाज सुनेपछि हेर्न जाँदा चितुवाको आक्रमणमबाट घरमूली श्रेष्ठ सामान्य घाइते भएको बताइएको छ । गोठभित्र बाघले तीन वटा बाख्रा मारेको बताइएको छ ।

स्थानीयले पछि प्रहरीलाई खबर गरेका थिए ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob