scheduleशनिवार आश्विन ४ गते, २०७६

सरकारविरुद्व सडक आन्दोलनको तयारीमा काँग्रेसका युवा नेताहरु

काठमाडौं, ७ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका युवा नेताहरु सरकारको स्वेच्छाचारिताविरुद्ध सडक आन्दोलनको तयारीमा जुटेका छन् । उनीहरुले सरकारको विरोधमा युवाहरुलाई सडक आन्दोलनमा उतार्न पार्टीलाई दबाब दिने तयारी गरेका हुन् ।

काँग्रेसका युवा नेताहरुले माघ १० गते बस्ने पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा सरकारविरुद्ध सडक आन्दोलनका लागि नेतृत्वलाई दबाब दिने तयारी गरेका हुन् ।

सरकारमा भएको दुई तिहाइको दम्भविरुद्ध सडक संघर्ष र सदन संघर्ष दुवै अपनाउनुपर्ने उनीहरुको निष्कर्ष छ ।

पछिल्लो समय काँग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका शीर्ष नेताहरु सरकारविरुद्ध कडा रुपमा प्रस्तुत हुँदै आएका बेला युवा नेताहरुको पनि उक्त भनाई आएको हो । युवा नेताहरु प्रदीप पौडेल, धनराज गुरुङ, काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्मालगायतले सरकारको स्वेच्छाचारिताविरुद्ध अब आन्दोलनको विकल्प नभएको बताएका हुन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage