scheduleआइतवार भाद्र २९ गते, २०७६

प्रतिनिधिसभामा काँग्रेसको विरोध, राष्ट्रियसभा बैठक अवरुद्ध

काठमाडौं, ७ माघ । नेपाली काँग्रेसले प्रतिनिधिसभा बैठक प्ररम्भ हुनासाथ विरोध जनाएको छ । सोमबार मध्यान्ह १२ बजेपछि बसेको प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै काँग्रेस सांसद्हरुले उठेर विरोध गरेका थिए ।

विरोधपछि सभामुख कृष्णबहादुर महराले काँग्रेसका एक प्रतिनिधिलाई बोल्ने समय दिएपछि काँग्रेसका संसदीय दलका उपनेता विजयकुमार गच्छदारले आफ्ना भनाई राखे । सरकारले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खुलेका स्वास्थ्य संस्थालाई स्वीकृति नदिएकोमा विरोध उनीहरुले विरोध जनाएका हुन् ।

यसैगरी नेपाली काँग्रेसले राष्ट्रियसभा बैठक अवरुद्ध पारेको छ । काँग्रेसले गिरिजाप्रसाद कोइराला र सुशिल कोइरालाको नाममा खोलिएका अस्पताल खारेज गर्न लागेको भन्दै राष्ट्रियसभाको बैठक अवरुद्ध गरेको छ ।

राष्ट्रियसभाको आइतबारको बैठकमा प्रमुख प्रतिपक्षी दल काँग्रेसले ती दुई संस्थालाई तत्काल संघीय सरकार मातहतमा ल्याउने निर्णय नभएसम्म सदन संञ्चालन हुन नसक्ने भन्दै अवरोध गरेको हो । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक सुरु भएको जानकारी गराउनासाथ कांग्रेसका सांसदहरुले सदनको ध्यानाकर्षण गराएका थिए ।

नेपाली कांग्रेसका राष्ट्रियसभाका प्रमुख सचेतक सरिता प्रसाईंले देशभरका ११ मध्ये ९ वटा उपचार केन्द्रलाई संघीय सरकार मातहत राख्ने र बाँकी दुईलाई मात्रै संघीय सरकार मातहत नल्याई त्यत्तिकै राख्ने सरकारको निर्णय प्रति गम्भीर आपत्ती जनाउँदै ती दुई संस्थालाई पनि केन्द्रीय सरकार मातहत ल्याउने निर्णय नहुञ्जेल सदनको कारवाही अघि बढ्न नसक्ने बताइन् ।

अध्यक्षको अनुमतिमा सरकारको तर्फबाट स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डाक्टर सुरेन्द्रकुमार यादवले दुई अस्पतालको बारेमा खारेज हुने वा नहुने भन्ने कुनै पनि निर्णय नभएको जानकारी गराएपछि पनि कांग्रेस सांसदहरुले उभिएर विरोध गरिरहे । अध्यक्षले आसन ग्रहणका लागि पटक पटकको आग्रह पछि पनि काँग्रेस सांसदहरु उभिएर विरोध जनाइरहेपछि बैठक आधा घण्टाको लागि स्थगित भएको छ

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage