scheduleबुधवार बैशाख ११ गते, २०७६

निर्मलाको घरमा पुगेर काँग्रेस प्रवक्ता शर्माले भने-प्रधानमन्त्री र गृहमन्त्रीलाई सबै थाहा छ

कञ्चनपुर, ७ माघ । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको घरमा पुगेका छन् । उनले सोमबार निर्मलाको घरमा पुगेर निर्मलाकी आमासँगको भेटमा घटनाबारे प्रधानमन्त्री र गृहमन्त्रीलाई सबै थाहा भएको उल्लेख गरे ।

प्रवक्ता शर्माले सरकारले चाहे हत्यारा चाडैं पत्ता लाग्ने दाबसिमेत गरे । घटनालाई राजनीतिक रङ दिन नहुने भन्दै उनले प्रमाण मेट्नेलाई नै समात्नासाथ सबैकुरा पत्ता लाग्ने बताए ।

उनले दोषि पत्ता लगाउन सरकारलाई प्रतिपक्षको साथ आवश्यक परे आफूहरु सहयोग गर्न तयार रहेको पनि बताए । घटनाप्रति सरकार गम्भीर नबने देशै ठप्प हुनेगरी विरोधका कार्यक्रम ल्याउन काँग्रेस बाध्य हुने उनले चेतावनी दिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob