scheduleसोमवार भाद्र २ गते, २०७६

काँग्रेसको अवरोधका कारण प्रतिनिधिसभाको बैठक मंगलबारसम्मका लागि स्थगित

काठमाडौं, ७ माघ। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण संघीय संसद प्रतिनिधिसभाको बैठक माघ ८ गते (मंगलबार) सम्मका लागि स्थगित भएको छ । आज दोस्रो पटक बसेको बैठकमा पनि काँग्रेस सांसदहरुले अवरोध यथावत राखेपछि सभामुख कृष्णबहादुर महराले संसद् बैठक माघ ८ गते सम्मका लागि स्थगित गरेका हुन् ।

प्रतिनिधिसभाको अर्को बैठक माघ ८ गते दिउँसो ३ बजे बस्नेछ । पहिलो सत्रमा १५ मिनेटका लागि स्थगित गरिएको बैठक दोस्रो पटक सुरु भएसँगै काँग्रेसका सांसदहरुले उभिएर विरोध गरेका थिए ।

नेपाली काँग्रेसले जिपी कोइराला श्वासप्रश्वास केन्द्र, तनहुँ र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, बाँकेलाई संघीय सरकार मातहत ल्याउन माग गर्दै संसद अवरुद्ध गरेको थियो। त्यस्तै चिकित्सा शिक्षा विधेयक पहिले गरेको सहमतिमा पारित गरिनुपर्ने माग काँग्रेसले राखेको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage