scheduleमगलवार बैशाख १० गते, २०७६

कतै तपाईका सन्तान पनि तेस्रो लिङ्गी त छैनन्, यो उमेरमा यसरी गर्नुहोस् पहिचान

एजेन्सी, ७ माघ । प्रत्येक बुवा आमा आफ्ना सन्तानको भविष्यलाई लिएर चिन्तित हुन्छन् । उनीहरुको यो चिन्ता तब झन् तिब्र हुन्छ जब उनीहरुले एकाएक आफ्नो सन्तान अरु आम बच्चाहरु भन्दा फरक रहेको थाहा पाउँछन् वा बच्चाको वास्तविक रुपलाई पहिचान गर्छन् । त्यस्ता अभिभावकहरुमाथि कस्तो आपत गुज्रिन्छ, जब उनीहरुले आफ्नो सन्तान न महिला न पुरुष वास्तवमा तेस्रो लिङ्गी भएको थाहा पाउँछन् ।

जीवन त्यो समय मृत्युभन्दा कष्टदायी हुन्छ, जब यस्ता तितो सत्यसँग सम्झौता गरेर प्रतिकूल समाजसँग डटेर अगाडि बढ्नुपर्छ । इंडियन फर्टिलिटी सोसाइटीका च्याप्टर हेड तथा फर्टिलिटी एक्सपर्ट चिकित्सक रणधीर सिंहका अनुसार तेस्रो लिङ्गी व्यक्तिमा महिला र पुरुष दुबैको गुण हुनसक्छ ।

आज हामी तपाईलाई आफ्नो सन्तानलाई सुरुवातबाट नै उसको वास्तविकतालाई पहिचान गर्न मद्दत गर्ने उपायहरु सिकाउने छौं ।

चिकित्सक रणधीर सिंहको अनुसार गर्वधारणको पहिलो तीन महिनाभित्र शिशुको लिंग बन्न सुरु हुन्छ । त्यसो त अधिकांश मामिलामा शिशुहरु तेस्रो लिङ्गी हुनु पछाडीको कारण अज्ञात छ । तर शिशुको लिङ्ग निर्धारण हुने समयमा कुनै चोट, विशाक्त खाना, हर्मोन समस्या जस्ता विभिन्न कारणले उनीहरुमा दुबै लिङ्गको गुण आउनसक्छ ।

तर गाजियावादको चन्द्र लक्ष्मी अस्पतालकी महिला विशेषज्ञ चिकित्सक रितु तिवारी सहगल मानिसमा यौनावस्था आएपछि मात्र उ तेस्रो वा समलिङ्गी हुने नहुने कुरा निर्धारित हुने विश्वास राख्छिन् । यौनावस्थामा मस्तिष्कमा केही रसायनहरु उत्सर्जन हुन्छन्, संचार हुन्छन् जसलाई हामी हर्मोन भन्छौं । यसले नै मानिसको शरीरमा परिवर्तन ल्याउँछ । यही समय यदि तपाईको बच्चा उसको लिङ्ग विपरित काम गर्छ र रुची देखाउँछ भने बच्चाले तेस्रो वा सम लिङ्गतर्फ इशारा गरेको बुझ्नुपर्छ ।

बच्चा बेलासम्म बालबालिकाका हरेक आवश्यकता, खुराक र शौखहरु आमा बुवाको आदेश र इच्छामा निर्भर रहन्छ । तर जब यी ठूला हुन्छन् तब आफ्नो इच्छाअनुरुप काम गर्दै जान्छन् । विशेषज्ञको अनुसार यो ठिक त्यो समय हो जब तपाईले आफ्नो सन्तानको वास्तविक पहिचान पत्ता लगाउन उनीहरुलाई ध्यान दिनुपर्छ । जब छोरीले महिलाको कपडा न मन पराउने र छोरालाई गुलाबी रंगको रंगीचंगी कपडा मन पर्न थाल्छ भने तपाईले यी कुराहरुको ध्यान राख्नुपर्छ । तर यो कहिलेकाँही आम कुरा पनि हुनसक्छ ।

जानकारहरुका अनुसार यदि तपाईको सन्तान सधैं आफ्नो लिङ्गका मानिसहरुको ट्वाइलेटको सट्टा विपरित लिङ्गीको ट्वाइटलेट जान खोज्छ भने त्यसलाई पनि तपाईले ध्यान दिनु जरुरी छ ।

कुराकानी गर्ने तरिका पनि एउटा आधार हो लिङ्ग पहिचान गर्ने । यसको माध्यमबाट तपाई सजिलै छुट्याउन सक्नु हुन्छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob