scheduleआइतवार भाद्र ८ गते, २०७६

पशुपती फुड्स (आँगन) का सबै शाखामा तालाबन्दी गरेर मजदुरले दिए यस्तो चेतावनी

काठमाडौं, ७ माघ । पशुपति फुड्स (आँगन) को काठमाडौंमा रहेका ६ वटै शाखामा ताला ठोकिएको छ । मजदुरको हकहितका पक्षमा कार्य गर्दै आएको जिफन्ट अन्तर्गत नेपाल स्वतन्त्र होटल तथा क्यासिनो मजदुर यूनियन(नेस्वहोमयू) निकट मजदुरहरुले काठमाडौंका ६ वटै आँगनका शाखाहरुमा तालाबन्दी गरेका हुन्।

मजदुरहरुले १० प्रतिशत सेवा शुल्कको माग गर्दा पनि आँगन व्यवस्थापन पक्षले कुनै सुनुवाई नगरेपछि मजदुरहरुको निष्कर्षअनुरुप बाध्य भएर आँगनका सबै शाखामा तालाबन्दी गर्नुपरेको नेस्वहोमयूका महासचिव लक्ष्मण तिवारीले जानकारी दिएका छन् । त्यस्तै संस्थाले विनाकारण मजदुरहरुलाई यसअघि निष्काशन गरेको र निष्काशित मजदुरहरुको तत्काल पुनर्वहाली गर्नुपर्ने उनीहरुको माग छ ।

महासचिव तिवारीले मजदुरहरुको मागअनुसार सेवा सुविधा उपलब्ध गराएर मजदुरमाथि भइरहेको अन्याय, अत्याचार अन्त्य गर्ने प्रतिबद्धता व्यवस्थापन पक्षबाट नआएसम्म ताला नखोलिने चेतावनी दिएका छन् । उनले क्रमसँगै आँगन व्यवस्थापन पक्षले ठगी र मजदुरमाथि गर्दै आएको काला कर्तुत सार्वजनिक गरेर सरकारी निकायबाटै कारबाही गराउने चेतावनीसमेत दिएका छन् ।

मजदुरहरुको समस्या समाधान गर्न यसअघि पटक–पटक वार्तामा बस्दा पनि व्यवस्थापन पक्ष उदासिन बन्दै आएको मजदुरहरुको आरोप छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage