scheduleशनिवार जेष्ठ ३२ गते, २०७६

चीनद्वारा दुईवटा भू-उपग्रह प्रक्षेपण

जिक्वान, ७ माघ । चीनले मल्टीस्पेक्ट्रल इमेजिङका लागि दुईवटा भू-उपग्रह सोमबार प्रक्षेपण गरेको छ । उक्त भू-उपग्रह चीनको उत्तरपश्चिममा रहेको जिक्वान भू-उपग्रह प्रक्षेपण केन्द्रबाट प्रक्षेपण गरिएको हो ।

केन्द्रका अनुसार उक्त भू-उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रवेश गरेको छ । उक्त भू-उपग्रह चाङ गुआङ सेटेलाइट टेक्नोलोजी कम्पनीले निर्माण गरेको हो ।

उक्त भू-उपग्रहको माध्यमबाट रिमोट सेन्सिङ तथ्याङ्क प्राप्त गर्नुका साथै वन, सिपिङ, स्रोत तथा वातावरण अनुगमनका लागि पनि प्रयोग हुनेछ । यो भू-उपग्रह चीनले यसअघि प्रक्षेपण गरिएका १० वटा जिलिन–१ भू-उपग्रहकै एक भाग हो । रासस/सिन्ह्वा

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob