scheduleशुक्रवार बैशाख १३ गते, २०७६

अमेरिकी राष्ट्रपतिका लागि कमला हरिशद्वारा उम्मेदवारी घोषणा

वासिङ्टन, ७ माघ । अमेरिकी सिनेटर कमला हरिशले सोमबार राष्ट्रपतिका लागि उम्मेदवारी घोषणा गरेकि छन् ।
राष्ट्रपति डोनाल्ड ट्रम्पसँग प्रतिश्पर्धा गर्न उम्मेदवारी घोषणा गर्नेहरुको भिडमा उनले पनि उम्मेदवारी घोषणा गरेकि हुन्  ।
अमेरिकी मुल्य मान्यताका लागि र आगामी दिनमा अमेरिका आफैमा भर पर्नु पर्छ भन्ने पक्षमा उभिदै आफुले राष्ट्रपतिका लागि उम्मेदवारी घोषणा गरेको उनले बताएकि  छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा राखेको भिडियो सन्देश मार्फत् उनले उम्मेदवारी घोषणा गरेको समाचारमा जनाइएको छ ।
सान फ्रान्सीस्कोका लागि २००४ देखि २०११ सम्म दुई कार्यकाल जिल्ला प्रतिनिधि  भएकी उनि दुई पटक क्यालिफोर्नियाको आम निर्वाचनमा पनि निर्वाचित भएकि थिईन् । त्यो कार्यकाल उनको २०११ देखि २०१७ सम्म थियो ।
अमेरिकाको अन्त्यधिक जनसंख्या भएको यस राज्यमा उनि कानुन कार्यान्वयन प्रमुख अधिकृत बन्ने पहिलो महिला मात्र नभई पहिलो अश्वेत नागरिक पनि हुन् । उनि भारतीय टमिल महिलाकी छोरी हुन् ।
अमेरिकाको इतिहासमा उनि दोस्रो अश्वेत महिला सिनेटर हुन् । पहिलो अश्वेत महिला सिनेटर कारोल मोसेलेय ब्राउन थिइन्।
अमेरिकामा झण्डै २२ महिना पछि सन् २०२० मा राष्ट्रपतीय निर्वाचन हुन लागेको छ । त्यसका लागि अन्य नेताहरुले पनि उम्मेदवारी घोषणा गरेका छन् भने उम्मेदवारी घोषणा गर्ने क्रम चलिरहेको छ । रासस/एएफपी

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob