scheduleसोमवार आश्विन ६ गते, २०७६

नेकपाका अध्यक्ष प्रचण्ड अस्वस्थ

काठमाडौं, ८ माघ । पूर्वप्रधानमन्त्री एवं सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित उनको परिवार नै बिरामी परेको छ । प्रचण्ड परिवार भाइरल ज्वरोबाट प्रभावित भएको हो ।

केही दिन अघिबाट भाइरल ज्वरोका कारण प्रचण्डकी नातिनी स्मिता दाहाल, दुई नातिहरु प्रसिद्ध दाहाल र प्रणव दाहाललाई ललितपुरको धापाखेलमा रहेको सुमेरु अस्पतालमा भर्ना गरिएको थियो । तर, उनीहरुको सामान्य उपचारपछि सोमबार साँझ अस्पतालले डिस्चार्ज गरेको प्रचण्डको पारिवारिक स्रोतले जनाकारी दिएको छ ।

उनीहरु डिस्चार्ज भएपनि अहिले अध्यक्ष प्रचण्ड भने भाइरल ज्वरोबाट प्रभावित नै छन् । प्रचण्डलाई सामान्य ज्वरो र रुघाखोकीका कारण उनले घरमै आराम गरिरहेको पारिवारिक स्रोतले जनाएको छ ।

भाइरल ज्वरोका कारण प्रचण्डका एक सहयोगी पनि बिरामी भएका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Vianet
default-addImage