scheduleसोमवार कार्तिक ४ गते, २०७६
Global IME Bank

काँग्रेस सांसदले रोष्ट्रम घेरे, बैठक १५ मिनेटका लागि स्थगित(भिडियोसहित)


काठमाडौं, ८ माघ । आफ्ना दुई नेताको नाममा खोलिएका अस्पताल संघीय सरकार मातहत नल्याउने निर्णयको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रतिनिधिसभाको रोष्ट्रम घेराउ गरेको छ ।

सभामुख कृष्णबहादुर महराले बैठक सुरु गर्नेबित्तिकै विशेष समय लिएर सांसद प्रकाशमान सिंहले बोलेपछि काँग्रेस सांसदहरुले रोष्ट्रम घेराउ गरेका हुन् ।

सांसद सिंहले तनहुँस्थित जिपी कोइराला श्वास प्रश्वास केन्द्र र बाँकेस्थित सुशील कोइराला क्यान्सर अस्पताल संघीय सरकारमा मातहतमा ल्याउने निर्णय सरकारले नगरेसम्म संसद बैठक चल्न नदिने बताए । उनले यो घोषणा गरेसँगै काँग्रेसका सांसदहरु आ–आफ्नो स्थानबाट उठेर नाराबाजी गर्दै रोष्ट्रम घेर्न पुगेका थिए । तर, सभामुख महराले उनीहरुलाई पटक–पटक बस्न आग्रह गर्दा पनि नमानेपछि बैठक १५ मिनेटका लागि बैठक स्थगित गरिएको छ ।

सोमबार पनि दुई पटक बसेको प्रतिनिधिसभाको बैठक कांग्रेसकै अवरोधका कारण आजसम्मका लागि स्थगित भएको थियो ।

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage