scheduleबिहिवार फाल्गुन ९ गते, २०७५

तारादेवी स्मृति फाउण्डेसन अक्षय कोषका लागि काठमाडौं महानगरबाट १० लाख प्रदान

काठमाडौं, ९ माघ । तारादेवी स्मृति फाउन्डेसनको अक्षय कोषका लागि काठमाडौं महानगरपालिकाले १० लाख रुपैयाँ प्रदान गरेको छ । बुधबार राजधानीको राष्ट्रिय सभा गृहमा स्वरकिन्नरी तारादेवीको तेह्रौ पुण्य स्मृतिमा आयोजना गरिएको ‘सम्झनामा तारादेवी’ साङ्गीतिक कार्यक्रममा उक्त रकम मेयर विद्यासुन्दर शाक्यले फाउण्डेसनका अध्यक्ष दीपक के. सी. लाई हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा बोल्दै मेयर शाक्यले अहिलेका लागि महानगरको प्राथमिक काम पूर्वाधार नै रहेको बताउँदै, कला, संस्कार, साहित्य र सृजनालाई प्रोत्साहन गर्न केही रकम लगानी गरिएको बताए । ‘तारादेवीले छोडेर गएको पुँजी बचाउनुलाई दायित्व सम्झेर हामीले अक्षय कोषका लागि सहयोग गर्ने निर्णय गरेका हौं ।’ मेयर शाक्यले भने ।

‘सन्तुलित विकासका लागि हामी सबैलाई सहयोग गर्छौं । साझा हित हुने प्रस्ताव भए अन्य सर्जकले पनि दिनुसक्नुहुनेछ ।’ मेयर शाक्यले कलाकर्मीलाई मञ्चबाटै आव्हान गरेका थिए ।

कार्यक्रममा संघीय संसद सदस्य रामवीर मानन्धरले कलाकर्मीलाई सम्पत्ति मोतीको उपमा दिँदै उनीहरुको उचित सम्मान हुन नसक्नु दुःखद पक्ष रहेको टिप्पणी गरे भने फाउण्डेसनका अध्यक्ष दीपक केसीले आफ्नो वडालाई श्रष्टाहरुको नामबाट परिचित गराउन ढृढता व्यक्त गरे । स्वरकिन्नरीका कालजयी गीतहरुको प्रस्तुतीका लागि आगामी दिनमा सांगीतिक संघ संस्थाहरुसँग सहकार्य बढाइने योजना उनले सुनाए ।

कार्यक्रममा गायक गायिकाहरुले, तारादेवीका १४ वटा गीत प्रस्तुत गरेका थिए । यसरी प्रस्तुत गरिएका गीतहरुमा, श्यामप्रसाद उपाध्यायको रचना र नातिकाजीको संगीतमा रहेको टाढाबाट बोलाएको तिमीलाई बोलको गीत ज्ञानु राणाले गाएकी थिइन् । यससँगै जनकविकेशरी धर्मराज थापाको काली पारी दाइ, राष्ट्रकवि माधव घिमिरेको फुलको थुङ्गो बहेर गयो, राजेन्द्र थापाको बनको आगो निभाउने, भैरवनाथ रिमाल ‘कदम’को अमर माया छोडेर जाने, यादव खरेलको नौसय खोल तरेर, रत्नशमशेर थापाको फुलै फुलको मौसम तिमीलाई प्रस्तुत गरिएका थिए । यी गीतहरु क्रमशः मीरा राणा, संगीता थापा शाक्य, गीता पाण्डे, सरिता शाही, जीना रसाइली र निकिता घिमिरेले प्रस्तुत गरेका थिए । यी सृजनामा नातिकाजी, शिवशंकर, शुभमबहादुर सुनामको संगीत रहेको छ ।

कार्यक्रममा प्रस्तुत अन्य गीतहरुमा किरण खरेलको शब्द, नातिकाजी र गोपाल योञ्जनको संयुक्त संगीतमा रहेका बनमा फुल्यो फुलै फूल र लुकँु लुकुँ लाग्यो मलाई गरी २ वटा गीत, चाँदनी शाहको शव्द र नातिकाजीको संगीतमा रहेको आउ नआउ तिम्रो खुशी, चेतन कार्कीको शव्द र नातिकाजीको संगीतमा रहेको दाइलाई बोलाउँ भने र रत्नशम्शेर थापाको शब्द र नारायण गोपालको संगीतमा रहेको हे कान्छा ठट्टैमा लौं बैशैं बोलका गीत गाइएका थिए । यी गीतहरु क्रमशः निशाश्वरी सेन, गीता पाण्डे र मदन मगर, आरती गोले, सुप्रज्ञा देवकोटा, तृतीया गुरुङ् र शर्मिला थापा, अनिल महर्जन र निकिता घिमिरेले प्रस्तुत गरेका थिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob