scheduleआइतवार भाद्र ८ गते, २०७६

काठमाडौंबाट अवैधरूपमा अन्तर्राष्ट्रिय कल बाईपास गर्ने पक्राउ

काठमाडौं, ९ माघ । अवैधरूपमा अन्तर्राष्ट्रिय कल बाईपास गर्ने कार्यमा संलग्न काठमाडौं महानगरपालिका–२६ सामाखुसी सरकारीधारा रोममार्ग बस्ने भारत जयपुर राजस्थानका ३५ वर्षीय सुनिल कुमार र ४१ वर्षीय राम करन जाटलाई प्रहरीले पक्राउ गरेको छ ।

सुनसरी धरान नगरपालिका–१९ जिमिचोक स्थायी वतन भएका काठमाडौं महानगरपालिका–२६ बस्ने ३३ वर्षीय संजिप राईले भाडामा लिएको उक्त घरको १ कोठामा अवैध अन्तर्राष्ट्रिय कल बाईपास संचालन गरिरहेको अवस्थामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले फेला पारी उक्त कार्य संचालन गर्ने उपकरणसहित उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरूबाट १२८ पोर्टको भिओआइपी गेटवे १ थान, एन्टेना ३२ थान, ल्यापटप १ थान, राउटर १ थान, तारसहितको मिडिया कन्भर्टर १ थान, मल्टीपल्क १ थान, युपीएस १ थान, नखोलिएको रिचार्ज कार्ड १३ थान, एनटिसी सिमकार्ड १५ थान, एनसेल सिमकार्ड १० थान, स्मार्ट सिमकार्ड ११ थान, एडप्टर १ थान, अप्टिकल बक्स १ थान, प्रयोग नभएका सिमकार्ड ७ थान, मोबाईल ३ थान र भारतीय गणराज्यबाट जारी भएका राहदानीको फोटोकपी ३० पाना बरामद गरेको प्रहरीले जनाएके छ ।

अन्तर्राष्ट्रिय भिओआइपी कल चीनमार्फत ल्याउने, भारतबाट उपकरण ल्याउने, विभिन्न भारतीय नागरिकको कागजातपत्रको आधारमा सिमकार्ड लिने, अनलाइनमार्फत सम्पर्क गरी कोठा भाडामा लिने, उनीहरुमध्ये १ जनाले भारतमा रही प्रविधिको सहयोग गर्ने गरेको र ३ महिना नेपालमा बसी उक्त कार्य संचालन गर्ने योजनामा उनीहरू रहेको प्रहरीको प्ररम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

उनीहरूउपर दूरसंचार ऐन, २०५३ अन्तर्गत थप अनुसन्धान भइरहेको सो व्यूरोले जनाएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage