scheduleमगलवार कार्तिक २६ गते, २०७६

काँग्रेस केन्द्रीय कार्यालयमा घेराउ

काठमाडौं, १० माघ । नेपाली काँग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ(नेविसंघ)का नेताहरुले पार्टी कार्यालय सानेपा घेराउ गरेका छन् । उनीहरुले तत्काल महाधिवेशनको माग गर्दै पार्टी कार्यालय सानेपामा प्रदर्शन गरेका हुन् ।

नेविसंघसहित पार्टीका अरु विषयमा छलफलका लागि काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक बिहीबारका लागि बोलाइएको छ । तर नेविसंघका नेताहरुले विरोध गरेका हुन् ।

नेविसंघको केन्द्रीय कार्यसमितिको दोस्रोपटक थपिएको पदावधि माघ २ गते नै सकिएको छ । काँग्रेसमा नेविसंघको नयाँ तदर्थ केन्द्रीय समिति बनाउने वा वर्तमान कार्यसमितिलाई नै महाधिवेशन गर्न जिम्मा दिने भन्ने विषयमा पनि छलफल जारी छ ।

कूल १६५ सदस्य रहेको कार्यसमितिका ५२ पदाधिकारीले महाधिवेशनका लागि नयाँ तदर्थ समिति बनाउनु पर्ने माग राजीनामा दिइसकेका छन् ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage