scheduleबुधवार बैशाख ११ गते, २०७६

प्रभावकारी योजना निर्माण गरेर कृषि क्षेत्रको विकास गरिन्छ : मन्त्री खनाल

दाङ, १० माघ। कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनाल बलदेवले कृषि क्षेत्रको विकासको लागि योजना निर्माण गरेर अगाडि बढ्ने बताएका छन् । दाङ जिल्ला उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत तथा परिचयात्मक कार्यक्रममा उनले कृषिलाई अगाडि बढाउनका लागि योजना निर्माण भइरहेको बताए ।

कृषि क्षेत्रमा अहिलेसम्म प्रभावकारी योजना निर्माण हुन नसकेको उनको भनाई थियो । नेपालमा अहिले पनि परम्परागत खेती प्रणाली रहिरहेको उनको भनाइ रहेको छ । नेपालमा ६६ प्रतिशत नागरिक कृषि पेशामा संलग्न भएपनि यसको विकास हुन नसकेकोमा उनले दुखेसो गरे ।

कृषिलाई आधुनिक प्रविधिसँग जोडेर अगाडि बढनु पर्ने मन्त्री खनालको भनाइ रहेको छ । यसका लागि आफू लागि परेको समेत उनले बताए । मन्त्री खनालले कृषकहरुलाई अनुदान उपलब्ध गराउने विषयमा आफूहरु गम्भिर हरेको बताए ।

कार्यक्रम दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य निर्मल आचार्य, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं ५ का उपाध्यक्ष हेमराज बन्जाडे, घोराही उप–महानगरपालिका वडा नं १४ का अध्यक्ष शक्तिराम डाँगी, नागरिक समाजका दाङका अध्यक्ष तथा संघका पूर्वअध्यक्ष चन्द्रराज पन्त, व्यवसायी श्रीधर पोख्रेल, भेटेनरी अस्पताल तथा विज्ञ केन्द्रका प्रमुख डा. बेदवहादुर केसी, सुरक्षित कुखुरा तथा दाना व्यवसायी समिति घोराहीका अध्यक्ष निमबहादुर बुढाथोकी, संघका उपाध्यक्ष वसन्त जोसी, संघका सचिव माया पोख्रेल लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob