scheduleआइतवार भाद्र २९ गते, २०७६

खसोग्जी हत्याको अनुसन्धान गर्न राष्ट्रसंघका विशेष टोली टर्कीमा

एजेनसी, १० माघ । टर्कीका विदेशमन्त्री मेभलुट काभुसोग्लुले बिहीबार साउदी पत्रकार जमाल खसोग्जीको मामिला बारे छानबीन गर्न संयुक्त राष्ट्रसंघका विशेष अनुसन्धानकर्ता चाँढै नै राजधानी अंकरा आउने बताएका छन् । साथै उनले उक्त हत्या प्रकरणमा अन्तराष्ट्रिय अनुसन्धानको पनि आह्वान गरेका छन् ।

एउटा टर्कीस प्रशारण माध्यमसँगको अन्तरवार्तामा काभासोग्लुले राष्ट्रपति रेसेप तय्यीप अर्दोआनले मामिलालाई अन्तराष्ट्रिय स्तरसम्म पुर्याउने तयारीको आदेश दिएको बताए ।

यसैबीच बिहीबार विश्व आर्थिक फोरम डाभोसमा बोल्दै साउदीका वित्तिय मन्त्री मोहम्मद अल जादानले खसोग्जीको मामिलामा साउदीले न्याय निरोपणको सुनिश्चितता गर्ने बताए ।

टर्कीले साउदी अरबसँग हत्यामा संलग्न संदिग्धहरु आफूलाई सुम्पिन पनि माग गर्दै आएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage