scheduleआइतवार भाद्र ८ गते, २०७६

शुक्रबार संसद भवन अगाडिबाट दर्जनौं एम्बुलेन्स साइरन बजाउँदै कुदाइयो, यस्तो रहेछ कारण

काठमाडौं, ११ माघ । आज (शुक्रबार) एकाबिहानै संसद भवन अगाडिबाट दर्जनौं एम्बुलेन्स एकैचोटी साइरन बजाउँदै कुदे । यसरी एम्बुलेन्स कुद्दा अचम्मित नहुने कोही भएनन् । किनकि एक/दुईवटा होईनन्, दर्जनौं एम्बुलेन्स एकैचोटी सडकमा साइरन बजाएर कुद्दा सबै अचम्मित हुनु नै पर्यो ।

संसद भवन अगाडि मात्र होईन एम्बुलेन्सको साइरन संङ्केतसहित शिक्षण अस्पताल महाराजगञ्जबाट चावहिल, गौशाला, तीनकुने, बानेश्वर, त्रिपुरेश्वर, लाजिम्पाट हुँदै पुनः शिक्षण अस्पताल पुग्दा सबैतीरका मानिस अचम्ममा परेका थिए ।

सडकमा हिंडिरहेका मानिसहरुमा कतै ठूलै केही भयो कि भन्ने खुल्दुली पनि मच्चियो । तर पछि थाहा भयो , कारण सामान्य रहेछ । आज माघ ११ गते भएका कारण पो यतिका संख्यामा एम्बुलेन्स साईरन बजाउँदै कुदेका रहेछन् ।

२०७४ साल माघ ११ गते एम्बुलेन्स चालकहरुको छाता संगठन संयुक्त एम्बुलेन्स चालक संघले ट्रेड यूनियनको रुपमा श्रम विभागबाट वैधानिक मान्यता प्राप्त गर्न सफल भएको दिन रहेछ आज । त्यही दिनको सम्झनास्वरुप आज पहिलो स्थापना दिवस मनाइएको रहेछ। शुक्रबार ‘एम्बुलेन्सलाई पहिलो प्राथमिकता दिउँ’ भन्ने नाराका साथ नेपालमा पहिलो पटक एम्बुलेन्स दिवस काठमाडौंमा मनाइएको हो ।

काठमाडौंका सरकारी र निजी अस्पतालको सहकार्यमा एम्बुलेन्स दिवस मनाइएको हो ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage