scheduleबिहिवार बैशाख १२ गते, २०७६

एसियाका मुख्य निर्वाचनका लागि फेसबुकको नयाँ नीति, कस्तो होला प्रभाव

एजेन्सी, ११ माघ । फेसबुक र उसको सहयोगी एप ह्वाट्सएपले एसिया महादेशका प्रमुख निर्वाचनहरु अघि ‘फर्जी समाचार’ माथि कडा नीति अख्तियार गर्ने वाचा गरेको छ तर आलोचकहरुले भने नयाँ नीतिले परिणामलाई प्रभाव पार्ने गलत सूचना भाइरल हुन रोक्न सक्ने भन्ने कुरामा आशंका व्यक्त गर्दै आएका छन् ।

यी दुवै कम्पनीले पछिल्लो समय तथ्यांक दुरुपयोग तथा जवाफदेहिताको मुद्दामा विश्वव्यापी आलोचना र आक्रोशको सामना गर्दै आएको छ र यो वर्ष आयोजना हुने चुनावहरु कम्पनीको विश्वसनीयताको महत्वपूर्ण परीक्षा सावित हुने देखिएका छन् ।

आगामी अप्रिल र मेमा लोकसभा चुनावमा जाने भारतले नयाँ नीति सुरु गरेको छ । भारत अमेरिकाबाहिरको फेसबुकको सबैभन्दा ठूला राष्ट्रिय बजार हो । फेसबुकले पछिल्लो हप्ता त्यहाँ कडा नीति लागू गर्ने घोषणा गरेको थियो जसमा उसले राजनीतिक प्रचारबाजी र निर्वाचन हस्तक्षेपमाथि कडा रुपले प्रस्तुत हुने घोषणा गरेको हो ।

यससँगै कम्पनीले अन्य एसियाली मुलुकमा पनि स्थानीय कानुन र विभिन्न खतराहरुलाई मध्यनजर गर्दै भारतमा जस्तै नयाँ तथा कडा नीति लागू गर्ने बताएको छ ।

ग्लोबल पोल्टिक्स एण्ड गभर्मेन्ट आउटरिचका लागि फेसबुक निर्देशक क्येटी हर्बाथको अनुसार यसवर्ष महत्वपूर्ण निर्वाचन आयोजना हुने मुलुकहरु अष्ट्रेलिया, भारत, इन्डोनेशिया, फिलिपिन्स र थाइल्याण्डमा निर्वाचन टोलीहरु कम्तिमा १८ महिनादेखि काम गरिरहेका छन् ।

उनले भनिन् क्यालिफोर्निया आधारित फेसबुकले यस वर्ष एसियामा हुने निर्वाचनहरुमा कडा नियम लागू गर्नेछ र ती निर्वाचनहरुलाई उच्च प्राथमिकतामा राख्नेछ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob