scheduleमगलवार मंसिर २४ गते, २०७६
Bajaj
Global IME

प्रहरी हिरासतमा उज्वल थापा, भन्छन्- माफियामुखी ऐन फेल बनाऔं


काठमाडौं, ११ माघ । स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै १६औं पटक अनसन बसिरहेका डा. गोविन्द केसीको पक्षमा प्रदर्शन गर्नेक्रममा विवेकशील नेपाली दलका संयोजक उज्वल थापालाई प्रहरीले पक्राउ गरेको छ ।

अनसनरत डा.केसीको माग पूरा गर्न माग गर्दै प्रदर्शनमा उत्रिएका संयोजक थापासहित उक्त दलका १८ जना नेताहरुलाई प्रहरीले पक्राउ गरेको हो । शुक्रबार पक्राउ पर्नेमा थापासहित शशीबिक्रम कार्की,अजिता राई,डा‍. दिनेश प्रसाईं,अम्बिका कार्की,सूजन श्रेष्ठ,रामजी पन्त,मिलन पाण्डे,सोनम थीमीलगायत रहेका छन् । नयाँ बानेश्वरमा संसद भवन अगाडि प्रदर्शनका क्रममा उनीलाई प्रहरीले नियन्त्रणमा लिई नेपाल पुलिस क्लबमा राखेको छ ।

हिरासतबाटै संयोजक थापाले माफियामुखी ऐन फेल बनाउन हरेक सांसद र नागरिकलाई अनुरोध गरेका छन् । उनले लेखेका छन्, ‘सत्यका लागि अहिले हामी प्रहरी हिरासतमा छौँ । माफियामुखी ऐन फेल बनाउन हुन हरेक संसदलाई अनुरोध ! हरेक नागरिकलाई अनुरोध !’

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage