scheduleआइतवार भाद्र ८ गते, २०७६

ट्रम्पका पूर्व सल्लाहकार पक्राउ

वासिङ्टन, ११ माघ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका पुर्व सल्लाहकार रोजर स्टोन शुक्रबार पक्राउ परेका छन् ।

विषेश परामर्शदाता रोबर्ट मुलरको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको अमेरिकी समाचार माध्यमहरुले जनाएका छन् ।

स्टोनलाई सात अभियोग लगाइएको न्युयोर्क टाइम्स र अन्य सञ्चार माध्यमहरूले मुलरको कार्यालयको श्रोतलाई उल्लेख गर्दै समाचार लेखेका छन् ।

झुटो वक्तव्य बनाएको, प्रक्रियागत कामहरुमा अवरोध गरेको, प्रमाणहरू विगारेको लगायतका आरोपहरू स्टोनमाथि लगाइएको छ ।
रासस/एएफपी

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage