scheduleसोमवार आषाढ़ ३० गते, २०७६

सबैको ज्यान बचाउन सक्ने ‘गोल्डेन ब्लड’

 

एजेन्सी, ११ माघ । ‘गोल्डन ब्लड’ सुन्दै अचम्म लाग्ने यो वस्तु रगतको एउटा दुर्लभ समूह हो जुन विश्वमा एकदमै कम मानिसहरुसँग मात्र हुने गर्दछ ।

यो रगत समूह भएका मानिसहरु सामान्यका लागि विशेष भएपनि कतिपाय अवस्थामा यहिँ विशेषता उनीहरुको ज्यानको दुश्मन बन्ने गर्छ । गोल्डेन ब्लड भएको समूहको वास्तविक नाम आरएच नल हो ।

सुनसँग तुलना गरिने यो रगत समूह भएका मानिसलाई वास्तवमा के खतरा छ भन्ने प्रश्न अहम् छ ।

यो प्रश्नको उत्तर थाहा पाउन अघि हामीलाई रगतको वर्गीकरण कसरी हुन्छ भन्ने थाहा पाउन आवश्यक छ ।

रगत जुन रक्त कोशिकाहरुबाट बन्छ त्यसको माथि प्रोटिनको एउटा तह हुन्छ त्यसलाई एंटीजन भनिन्छ । ब्लड टाइप ए मा मात्र एंटीजन ए हुन्छ, बि मा बि एंटीजन मात्र हुन्छ, ब्लड एबिमा दुबै हुन्छ र ब्लड ओमा कुनै एंटीजन हुँदैन ।

रातो रक्त कोशिकामा एक प्रकारको एंटीजन हुन्छ । त्यसलाई आरएचडि भनिन्छ । यसमा एंटीजन सिक्सटीवान आरएच टाइपको एंटीजनको समूहको हिस्सा हुन्छ । जब रगतमा आरएचडि हुन्छ तब पोजेटिभ भनिन्छ । यदि हुँदैन भने नेगेटिभ टाइभ भनिन्छ ।

यसरी सामान्य रगत समूह पहिचान गरी उनीहरुको वर्गीकरण गरिन्छ ।

यसै कारण ओ नेगेटिभ रगत समूहलाई युनिभर्सल डोनर भनिन्छ । किनभने उनीहरुको न एंटीजन ए, बि हुन्छ न आरएचडि हुन्छ । यस्तो अवस्थामा रगत अन्य ग्रुप भएका मानिसहरुको रगतसँग मिसाउन सम्भव हुन्छ ।

यसरी रगतमा जति पनि कम्बिनेशन हुन्छ ती मध्ये आरएच नल सबैभन्दा अलग हुन्छ । यदि कसैको रातो रक्त कोशिकामा आरएच एंटीजन हुँदैन भने उसको रगत टाइप आरएच नल हुन्छ ।

बायोमेडिकल रिसर्च पोर्टल मोजेकमा प्रकाशित लेखमा पेनी बेलीले लेखेकी छिन् कि पहिलोपटक यस्तो ब्लड टाइपको पहिचान १९६१ मा भएको थियो । अष्ट्रेलिया मूल निवासी महिलामा यो पाइएको थियो । त्यसपश्चात् अहिलेसम्म पूरा विश्वमा यस्ता ४३ वटा मामिला मात्र बाहिर आएका छन् ।

नेश्नल युनिर्भसिटी अफ कोलम्बियामा हेमैटोलोजिमा विशेषज्ञ नतालिया विलारोयाले बीबीसीसँग बताए अनुसार यस्तो प्रकारको रगत अनुवंशिकरुपबाट प्राप्त हुन्छ । उनको अनुसार यसको बाहक आमा बुवा हुनुपर्छ ।

आरएच नल ब्लड टाइप एक वरदान पनि हुन्छ सक्छ र अभिशाप पनि ।

एक प्रकारले त यो युनिभर्सल ब्लड हो जुन कुनै पनि आरएच टाइप वाला वा बिना आरएच वाला दुर्लभ ब्लड टाइपलाई दिन सकिन्छ । तर यस्तो एकदमै कम मामिलाहरुमा गरिन्छ किनभने यसलाई पाउन निकै कठिन छ ।

नेश्नल रेफ्रेन्स प्रयोगशालाका निर्देशक डाक्टर थिएरी पेरर्डलाई उद्धृत गर्दै मोजेकमा लेखिएको छ, ‘निकै दुर्लभ भएको कारण यसलाई गोल्डेन ब्लड भनिएको हो ।’

बेलीको अनुसार यस्तो प्रकारको रगत निकै महंगो हुन्छ । ब्लड बैंकमा यस्तो रगत बिना नाम ठेगाना स्टोर गरिएपनि वैज्ञानिकहरुले आफ्नो शोधमा नमूना जुटाउन त्यस्तो रक्तदाताको नाम ठेगाना पत्तो लगाउने प्रयास गरेका छन् ।

गोल्डेन ब्लड ग्रुप भएकै कारण कतिपाय अवस्थामा मानिसहरु समस्याबाट पनि गुज्रिएका छन् । युएस रेयर डिजिज इन्फर्मेशन सेन्टरको अनुसार जुन व्यक्तिहरुलाई ब्लड टाइप आरएच नल थियो उनीहरु अनिमिया अथवा रक्तअल्पताबाट उच्च जोखिममा थिए ।

ब्लडको आवश्यकता पर्दा उनीहरुको रगत समूह खोज्न झण्डै असम्भव नै हुने गर्छ ।

यदि दोस्रो देशमा यो रगतको कुनै रक्त दाता पाइन्छ भने पनि यसको ओसारपोसार निकै कष्टदायी छ ।

यो समूहका मानिसहरु ब्रजिल, कोलम्बिया, जापान, आयरल्याण्ड र अमेरिकामा बसोबास गर्छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob