scheduleबिहिवार बैशाख १२ गते, २०७६

ट्वाइलेट गरिरहेको अवस्थामा महिलालाई कम्बोडमा लुकेको सर्पले टोकेपछि…

सिड्नी, १२ माघ । अस्ट्रेलियामा एक महिलालाई ट्वाइलेट बस्दा सर्पले टोकिदिएको छ ।

ती ५९ वर्षकी महिला हेलेन रिचर्ड्स ब्रिस्बेन शहरस्थित आफ्नो नातेदारको घरमा गएका बेला त्यहाँको अँध्यारो ट्वाइलेटमा विष नभएको सर्पले उनलाई टोकेको थियो।

ती महिलालाई शरीरको तल्लो भागमा कार्पेट पाइथन जातको पाँच फुट लामो सर्पले टोकेपछि घाउ लागेको छ। उक्त सर्प समात्ने एक सर्पविज्ञका अनुसार गर्मीको मौसममा पानी जमेर रहने शौचालयको प्यानभित्र सर्पहरू लुकेर बस्नु सामान्य हो।

स्थानीय सञ्चारमाध्यमसँग कुरा गर्दै ती महिला हेलेन रिचर्ड्सले आफूलाई चस्स घोचेको जस्तो अनुभव भएको बताइन्। कार्पेट पाइथन प्रजातिको सर्प समान्यतया विषालु नहुने बताइन्छ ।

प्रायः अस्ट्रेलियाको पूर्वी तटमा कार्पेट पाइथन पाइन्छ। ती सर्प विषालु नभए पनि तिनले टोकेमा टेटानसको खोप लगाउन सल्लाह दिने गरिन्छ। बीबीसी

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob