scheduleबिहिवार फाल्गुन ९ गते, २०७५

त्रिवि शिक्षण अस्पतालको स्थिति तनावपूर्ण, उपत्यकाभरका डाक्टरहरु भेला हुँदै

काठमाडौं, १३ माघ । आइतबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जभित्र तनावको वातावरण सिर्जना भएको छ । आवासीय चिकित्सकहरुले १९ दिनदेखि आमरण अनसनरत प्रा. डा. गोविन्द केसीको पक्षमा प्रदर्शन गर्न खोजेपछि स्थिति तनावपूर्ण बन्न पुगेको हो ।

प्रहरीले अस्पताल हाताभित्र प्रदर्शनका लागि रोक लगाउन खोजेपछि स्थिति तनावपूर्ण बन्न पुगेको चिकित्सकहरुले बताएका छन् । सोहीक्रममा चिकित्सकहरु र प्रहरीबीच भनाभनसमेत भएको छ ।

आज अनसनरत प्रा. डा. गोविन्द केसीको जीवनरक्षाको लागि भन्दै उपत्यकाका चिकित्सकहरु शिक्षण अस्पताल महाराजगञ्जमा भेला हुँदैछन् । नेपाल चिकित्सक संघले दिउँसो १ बजेका लागि भेलामा उपस्थित हुन बोलाएको छ ।

सरकारले डा. केसीसँगको सम्झौता विपरीत शुक्रबार चिकित्सा शिक्षा विधेयक पारित गरेपछि उनको जीवन रक्षाका लागि छलफल गर्न उपत्यकाभरका अस्पतालका चिकित्सकलाई बोलाइएको संघले जनाएको छ।

यसअघि नेपाल चिकित्सक संघले सरकारलाई दिएको ७२ घण्टे अल्टिमेटम सकिएको छ । दिउँसो शिक्षण अस्पतालमा भेला बोलाएका उनीहरुले आजै आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने निर्णय गरेपछि सरकारले प्रहरी प्रशासन लगाएर संघका पदाधिकारीलाई कारबाही गर्न निर्देशन नै दिएको स्रोतले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob