scheduleसोमवार आषाढ़ ३० गते, २०७६

चीनले सि‌ंगल महिलालाई दिदैँछ ‘डेटिङ लिभ्स’

एजेन्सी, १३ माघ । ठण्डीको महिना चलिरहेको छ पेशा व्यवसायमा आवद्धहरु अहिले कार्यालयबाट विदा लिएर विन्टर भेकेसन मनाइरहेका छन् । कतिपाय भने विदा बचाएर त्यसको भरपूर उपयोग आउँदै गरेको पर्व ‘भेलेन्सटाइन डे’ मा गर्ने तयारीमा छन् । तर यदि तपाई चीनमा हुनुहुन्छ र सिंगल हुनुहुन्छ भने तपाईले विदा बचाउन आवश्यक छैन किनकी तपाईलाई कार्यालय आफैले विदा दिदैँछ ।

हजुर चीनमा एउटा शर्तमा कर्मचारीहरुलाई आठ दिनको अलग्गै बिदा दिइदैँछ । तर यो विदा पाउनका लागि तपाई ३० वर्ष वरपरको महिला हुनुपर्छ र आधारभूत आवश्यकता भनेको तपाई कुनै पनि किसिमको प्रेम वा वैवाहिक सम्बन्धमा संलग्न भएको हुनुहुँदैँन ।

हङकङ आधारित चिनियाँ अखबार साउथ चाइना मर्निङ पोस्टको अनुसार पूर्वी चीनको हांगझाओमा दुई कम्पनीहरुले आफ्ना महिला कर्मचारीहरुलाई ‘डेटिङ विदा’ दिदैँछ ।

यस बाहेक त्यसै शहरका विद्यालयमा काम गर्ने अविवाहित महिला अध्यापिकाहरुलाई पनि विदा दिईदैँछ । यस्तो विदालाई त्यहाँ ‘लब लिव’ भनिदैँछ ।

चीनमा २० को अन्तिम अवस्थामा पुगेर पनि अविवाहित रहने महिलाका लागि एउटा निकै अपमानजनक शब्द प्रयोग हुन्छ । ‘शेंग नु’ जसको अर्थ हो छुटिसकेको महिला ।

चीनमा सिंगल रहने चलन तीव्ररुपमा बढिरहेको छ । मानिसहरु विवाहलाई आफ्नो करियर निर्माणको अवरोधकको रुपमा बुझ्दैँछन् । तर पनि महिलामाथि विवाहको दबाब कायम नै छ ।

महिलाहरुमा आधारित दुई पुस्तक ‘लेफ्टओवर वुमेन’, ‘बिट्रेयिङ बिग ब्रदरः द फेमिनिस्ट अवेकनिङ इन चाइना’ लेखिसकेकी लेटा होंग फिँचरलाई विश्वास छ कार्यालयमा दिइने ती विदाको लक्ष्य महिलालाई विवाहको बन्धनमा बँधाउने हो ।

उनी भन्छिन्,‘चीनको सरकार २० देखि ३० वर्ष बीचका महिलाहरुलाई यस्ता प्रकारका विदा दिएर उनीहरुलाई विवाहको बन्धनमा बाँधेर शिक्षित महिलालाई बच्चा जन्माएर घरमा नै रोक्न् चाहन्छ ।’

चीनमा सन् २०१५ मा एक बच्चा नीतिमाथि रोक लगाइयो । त्यसको बावजूद पनि त्यहाँ जन्मदरमा निरन्तर गिरावट आइरहेको छ । चीनमा २०१३ देखि विवाह गर्ने महिलाको संख्यामा लगातार गिरावट आइरहेको छ ।

चीनमा सामाजिक विज्ञानको एकाडेमी प्रोजेक्टको अनुमान अनुसार जुन गतिमा चीनको जनसंख्यामा गिरावट आइरहेको त्यो हिसाबले ५० वर्षमा त्यहाँको जनसंख्या १४० करोडबाट घटेर १२० करोड हुनेछ ।

तर यसबीच चीनको डेटिङ विदाको प्रयोगले महिलालाई कसरी आफ्नो लागि योग्य श्रीमान् खोजी गर्ने, विवाहसम्म कुरा पुर्‍याउने र बच्चा जन्माउने कुरा पूरा गराउनसक्छ भन्ने प्रश्न अनुत्तरित छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob