scheduleमगलवार बैशाख १० गते, २०७६

किशोरीहरुलाई पुरुषको गिद्दे नजरबाट बचाउन ‘ब्रेस्ट आयरनिङ’

एजेन्सी, १३ माघ । अफ्रिकामा लामो समयदेखि चलिआएको ‘ब्रेस्ट आयरनिङ’ को परम्परा अब बिस्तारै वेलायतमा पनि भित्रिरहेको देखिदैछ । ‘ब्रेस्ट आयरनिङ’ पद्धतीमा साना कलिला बालिकाहरुको स्तनमा तातो पत्थर राख्ने गरिन्छ जसले गर्दा उनीहरुको स्तन विकास हुन नसकोस् । बालिका तथा किशोरीहरुलाई पुरुषको गिद्दे र दुष्नजरबाट बचाउनका लागि यो पद्धती प्रयोगमा आएको हो ।

वेलायती अखबार ‘द गार्डियन’ को अनुसार लण्डन, योर्कशायर, एसेक्स र पश्चिम मिडल्याण्डका मसुदायिक कार्यकर्ताहरुले अखबारलाई त्यस्ता घटनाहरुका बारेमा खबर दिएको थियो । खबर अनुसार साना उमेरका बालिकाहरुले ब्रेस्ट आयरिङको सामना गर्न परिरहेको छ । वास्तवमा यो परम्परा निकै नै दर्दनाक, अपमानजनक छ ।

संयुक्त राष्ट्रसंघले पनि यो परम्परालाई विश्वका पाँच ठूला अपराधिक परम्परामा र ‘अन्डर रेटेड क्राइम’ समावेश गरेर यसको अभ्यास बर्जित गरेको छ ।

यस्तो अपराध गर्ने अधिकांश व्यक्तिहरु पीडितकै आमा हुन्छन्, जसले यस्तो परम्परालाई छोरी बचाउने उपाय मान्छन् । स्वाथ्य विशेषज्ञ तथा पीडितहरु यसलाई बालबालिकामाथिको उत्पीडन भएको मान्छन् । यसले त्यस्ता कलिला बालिकामा शारीरिक र मानसिक चोट छोड्ने काम गर्छ ।

ब्रेस्ट आयरिङको कारणले भविष्यमा स्तनपान गराउन असमर्थता, स्तन आकारमा विकृति र क्यान्सर जस्ता रोगहरुको खतरा बढ्छ ।

पीडितहरुका आमा, काकी, हजुरआमाहरु एउटा तातो पत्थरको प्रयोग गरि त्यसलाई स्तनको भागमा राखिदिन्छन् । उनीहरु यस्तो लगातार गर्ने गर्छन् जसले गर्दा स्तनका कोशिका तथा तन्तूहरु मरुन् । कहिले काँही यो प्रक्रिया हप्तामा दुई पटक पनि हुने गर्छ ।

वेलायतमा महिला तथा युवतीहरुका लागि काम गर्ने संस्थाकी प्रमुख मारगारेट नयुयदजेविराको अनुसार वेलायतमा कम्तिमा एक हजार महिलाहरुलाई यो सब समस्या झेल्नुपर्छ । तर यसको हालसम्म कुनै आधिकारिक तथ्यांक बाहिर आएको छैन ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob