scheduleबिहिवार बैशाख १२ गते, २०७६

घरका सदस्य नभएको मौका छोपी ६ वर्षीया बालिकामाथि बलात्कार, बालिकाको उपचार हुँदै

पाँचथर, १३ माघ । पाँचथरको कुम्मायक गाउँपालिका-२ मा ६ वर्षीया बालिका बलात्कृत भएकी छिन् ।

शुक्रबार राति घरका सदस्य आफन्तको विवाहमा गएको मौका छोपी उनीमाथि बलात्कार भएको हो । सोही गाउँपालिका-१ घर भई माङजाबुङमा बस्दै आएका २१ वर्षीय अन्तरे नामले चिनिने एकल लावतीले बालिकालाई बलात्कार गरेको पाँचथर प्रहरीले जनाएको छ ।

पीडितका आफन्तले बालिकालाई बलात्कार गरेको जाहेरीका आधारमा लावतीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बालिकाको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob