scheduleसोमवार भाद्र २ गते, २०७६

निर्मलाको ‘भजाइनल स्वाब’सँग आमा दुर्गादेवीको डिएनए मिल्यो

काठमाडौं, १४ माघ । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको ‘भजाइनल स्वाब’ को डिएनए र निर्मलाकी आमा दुर्गादेवी पन्तको डिएनए मेला खाएको छ।

कंचनपुर प्रहरीका अनुसार निर्मलाको स्वाबसँग आमा दुर्गादेवीको डिएनए मेल खाएको हो।

यसअघि निर्मलाको हत्या प्रकरणमा उनको शरीरबाट डिएनए परीक्षणका लागि लिइएको ‘भजाइनल स्वाब’ को नमूना संकलन नै त्रुटिपूर्ण भएको सार्वजनिक भएको छ। राष्ट्रिय मानवअधिकार आयोगले डिएनए नमूना संकलनमा संलग्नमाथि नै अनुसन्धान गर्न सिफारिस गर्दै आइतबार अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेको थियो ।

निर्मलाको ‘भजाइनल स्वाब’बाट तयार पारिएको डिएनए प्रोफाइलमाथि नै शंका उठेपछि पुसमा उनकी आमा दुर्गादेवीले वास्तविकता पत्ता लगाउन भन्दै डिएनए परीक्षणका लागि आफ्नो रगतको नमूना दिएकी थिइन् ।

लामो समयसम्म यसको रिपोर्ट सार्वजनिक नभएपनि मानवअधिकार आयोगले ‘भजाइनल स्वाब’ संकलन नै त्रुटिपूर्ण भएको रिपोर्ट सार्वजनिक गरे लगतै प्रहरीले ‘भजाइनल स्वाब’ को डीएनए र दुर्गादेवीको डिएनए मिलेको बताएको हो ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage