scheduleआइतवार आषाढ़ १ गते, २०७६

विश्वका ८० प्रतिशत महिला जान्दैनन् सही ब्रा चयन गर्न, खरिद गर्दा पुर्‍याउनुहाेस् ध्यान

एजेन्सी, १४ माघ । ब्रा त सबै महिला दैनिक प्रयोग गर्छन् तर तपाईलाई थाहा छ ८० प्रतिशत महिला सही किसिमको ब्रा चयन गर्न असक्षम छन् । एक सर्वेक्षणको अनुसार विश्वका ८० प्रतिशत महिलाहरु ठीक आकारको ब्रा लगाउँदैनन् । यसकारण उनीहरु असहज महसुस गर्छन् ।

यदि हामीले ब्रा खरिद गर्दा केही कुराहरु ध्यानमा राख्यौं भने हामी ती ८० प्रतिशत महिलाभित्र पर्ने छैनौं । आज हामी तपाईलाई आफ्नो लागि सही ब्रा खरिद गर्ने तरिका सिकाउँदै छौं ।

१. नरम र फ्लैट ब्रा स्ट्रेप चयन गर्ने
ब्रा खरिद गर्दा त्यसको स्ट्रेपमा ध्यान दिनु अति आवश्यक हुन्छ । रंग र डिजाइनको सट्टा त्यसको नरमपनामा ध्यान दिनुपर्छ । यदि स्ट्रेप फ्ल्याट र नरम छ भने त्यसले तपाईको काँधमा कुनै प्रकारको समस्या पार्दैन ।

२. ब्रा परीक्षण गर्दा यो कुरामा दिनुहोस् ध्यान
ब्रा परीक्षण गर्दाको समय त्यसको ठिक हुनु मात्र पर्याप्त कुरा होइन । कहिलेकाँही जब तपाई हात माथि लाग्नु हुन्छ तब तपाईको स्तन ब्राबाट बाहिर निस्कन सक्छ । यस्तो हुनु पछाडिको कारण भनेको ब्राको गतल साइज हुनु हो ।

३. ड्रेस अनुसार ब्रा खरिद गर्नुहोस्
ब्रा खरिद गर्दा तपाईले सबै प्रकारको ब्रा खरिद गर्नुपर्छ । यस्तो किनभने यदि तपाईले हरेक प्रकारको गेट अप गर्दा ब्राहरु तपाईको विभिन्न प्रकारको ड्रेसमा फिट हुनुपर्दछ । टी-शर्ट ब्राको फैब्रिक बाँकी अन्य ब्राहरुभन्दा निकै फरक हुन्छ । यसकारण यस्तो ब्रा तपाई टी शर्टमा मात्र नभएर सबै प्रकारको हेभ्भी डिजाइन कपडामा पनि प्रयोग सजिलै गर्न सक्नुहुन्छ ।

४. सबै ब्राको एक्सपाएरी डेट हुन्छ
महिलाहरु अधिकतम मूल्यको ब्रा खरिद गर्दा त्यो लामो समय टिक्ने विश्वास गर्छन् तर ब्रा कपडा र इलास्टिकले बनेको हुन्छ त्यसकारण यसको पनि प्रयोग गर्ने निश्चित समय सीमा हुन्छ । यसकारण यदि इलास्टिक लुज हुन्छ वा फिटिङमा गडबड देखिन्छ भने तुरुन्त त्यसलाई परिवर्तन गर्नुहोस् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob