scheduleबिहिवार बैशाख १२ गते, २०७६

सलमानलाई लिएर फिल्म निर्माण गर्ने तयारीमा रोहित सेट्टी

काठमाडौँ, १५ माघ । बलिउडमा पछिल्लो समय व्यस्त निर्देशकका रुपमा परिचीत छन् रोहित सेट्टी ।

फिल्म सिम्बापछि उनी अक्षय कुमारसँग फिल्म सुर्यवंशीमा काम गर्दैछन् । सिंगम र सिम्बा फिल्मको सफलतापछि सुर्यवंशी निर्माण गर्न लागेका उनले त्यसपछि सलमान खानसँग पनि काम गर्ने निधो गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।

यो रिपोर्टको आधिकारीक घोषणा भने भएको छैन ।

रोहित सेट्टी एक्सन तथा कमेडी फिल्म निर्देशन गर्नमा माहिर मानिन्छन् ।

फिल्म सिम्बामा अक्षय र अजय देवगनको क्यामियो रोललाई निकै चाखलाग्दो तरिकाले देखाएका उनले सलमान खानसँगको कामबारे आधिकारीक रिपोर्ट छिट्टै सार्वजनिक गर्ने बताइएको छ ।

अक्षय कुमारसँगको कामपछि उनी सलमान खानसँग काम गर्ने मिडिया रिपोर्टमा उल्लेख छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob