scheduleबुधवार कार्तिक २७ गते, २०७६

हिउँले भरिएको चिवाभञ्ज्याङबाट बाबुरामले गरे जनसंवाद यात्राको शुभारम्भ

काठमाडौं, १५ माघ । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले ‘जनसंवाद यात्रा २०७५’को शुभारम्भ गरेका छन् ।

मंगलबार बिहान पाँचथरको चिवाभञ्ज्याङबाट भट्टराईले यात्रको शुभारम्भ गरेका हुन् । हिउँले ढाकिएको दुर्गम गाउँमा पुगेर उनले यात्राको शुभारम्भ गर्दै असल राजनीतिका लागि असल राजनीतिक पार्टी आवश्यक पर्ने र असल राजनीतिक पार्टीका लागि असल नेता कार्यकर्ता र नागरिक चाहिनेमा जोड दिए ।

मंगलबारबाट सुरु भएको अभियान मध्यपहाडी/पुष्पलाल लोकमार्गमा फागुन १५ गतेसम्म चल्नेछ । नयाँ शक्तिले ‘समृद्धि- सबैका लागि, सधैंका लागि’को नारासहित अभियान अगाडि बढाएको छ । अभियानको अवधिमा लोकमार्ग आसपासका नागरिक, जनप्रतिनिधि र नागरिक अगुवाहरुसँग असल राजनीति र समावेशी विकासबारे छलफल गरिने बताइएको छ ।

युरोप-अमेरिका भ्रमणका केही सिकाईपछि दुर्गम गाउँहरुमा नागरिकको अभिमत बुझ्दै नयाँ रणनीति तय गर्न जनसंवाद यात्रा सुरु गरेको संयोजक भट्टराईले अभियान उद्घाटन गर्दै बताए ।

भट्टराई अर्थमन्त्री रहँदा अर्थात् २०६५ मा उनले मध्यपहाडी लोकमार्गको परिकल्पना गरेका थिए । काम पूरा नभएको लोकमार्ग निर्माणाधीन छ । यही निर्माणाधीन बाटोमा नयाँ पार्टीको संगठनात्मक गोरेटो फराकिलो बनाउन उनले आफ्नै नेतृत्वमा ‘असल राजनीति र समावेशी विकासका लागि जनसंवाद यात्रा–२०७५’ सुरु गरेका हुन् ।

पूर्वमा पाँचथरको चिवाभञ्ज्याङदेखि पश्चिममा बैतडीको झुलाघाटसम्मको १ हजार ७ सय ७६ किमिको मध्यपहाडी लोकमार्गमा नयाँ पार्टीको विचार रोप्ने र नागरिकको नारी छाम्ने काममा उनी लगायत नयाँ शक्तिका नेतृत्व पंक्ति क्रियाशील रहने नयाँ शक्ति प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेले जानकारी दिए ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage