scheduleशनिवार श्रावण ४ गते, २०७६

डडेल्धुरमा १० वर्षीया आरतीलाई गोली लाग्यो

डडेल्धुरा, १५ माघ । डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ बस्ने १० वर्षीया आरतीकुमारी विक भरूवा बन्दुक पडकिदाँ गोली लागेर घाइते भएकी छन् । सोमबार बेलुका उक्त घटना भएको हो ।

आफ्नै घरमा खेलिरहेको अवस्थामा उनका दाई १५ वर्षीय कुलदिप विकले भरुवा बन्दुक खेलाउने क्रममा अचानक पड्कन गई गोली लागेर आरती घाइते भएकी हुन् । घाइते भएकी आरतीलाई उपचारको लागि उपक्षेत्रीय अस्पताल डडेल्धुरा हुँदै थप उपचारको लागि मेडिकल कलेज कोहलपुर बाँके लगिएको छ ।

साथै उक्त स्थानमा प्रहरी चौकी बेलापुरबाट प्रहरी टोली खटि गई कुलदिप विक र सोही ठाउँ बस्ने २८ वर्षीय दिपक ऐरलाई समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । उक्त बन्दुक दिपक ऐर र सोही ठाउँ बस्ने २९ वर्षीय मोहन्तबहादुर साउदले राखेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob