scheduleबिहिवार फाल्गुन ९ गते, २०७५

रणबीर कपुरको जीवनमा आलिया भट्टको अध्याय पूरा भएकै हो त ?

एजेन्सी, १५ माघ । प्रेमिका आलिया भट्टको दिदी साक्षी भट्टको विवाहमा बोलाउँदा पनि नगएका रणबीर कपुर अन्तत मुम्बाई प्रहरीको वार्षिक उत्सब ‘उमंग अवार्ड्स’ मा भने आलियासँगै पुगे । यो खबरले अहिले फिल्म इंडस्ट्री र मनोरञ्जन मिडिया निकै तात्तिएको छ ।

अहिले रणबीर कपुरका निकट सूत्रहरु भन्छन् आलियाको अध्याय अब रणबीरको जीवनमा पूरा भैसकेको छ ।

खबरहरुका अनुसार कपुर खान्दानको नजरमा आलिया छोरा रणबीरका लागि सबैभन्दा उत्कृष्ट छनौट हो तर यदि यी दुई भट्ट र कपुर खान्दानबीच नयाँ सम्बन्ध कायम गर्न अवरोध उत्पन्न हुन्छ भने त्यो रणबीरकै पक्षबाट हुने छ । रणबीरले उनको साथीहरुसँग फिल्मका हिराइनहरुसँग उनको सम्बन्ध फिल्मको कहानीको शूटिङ र डबिङमै समाप्त हुने बताएको सुन्नमा आएको पनि छ । दिपिका पादुकोण र कैटरीना कैफको मामिलाबाट रणबीरले यो कुरा व्यवहारमा प्रमाणित पनि गरिसकेका छन् ।

तर अब आलियाको मामिलामा भने रणबीरलाई बचेर निस्कन निकै गाह्रो पर्नेछ । वास्तवमा रणबीर आफैले यो सम्बन्धलाई लिएर महेश भट्टसँग भेटघाट गरिसकेका छन् । यहाँसम्म कि रणबीरले आफू यो सम्बन्धलाई लिएर गम्भिर रहेको पनि बताएका थिए ।

तर आलियाको दिदीको विवाहमा रणबीरको अनुपस्थितिलाई भट्ट परिवारले निकै गम्भिरतापूर्वक लिएका छन् ।

खबर आएको छ आलियाले रणबीरसँग आफ्नो सम्बन्धलाई लिएर नयाँ सिराबाट कुराकानी गरेको कारण नै रणबीर आलियासँग राती उमंग कार्यक्रममा जानका लागि तयार भएका थिए ।

कार्यक्रमको दौरान रणबीरको अनुहारको भावबाट यो कुरा स्पष्ट देखिन्थ्यो कि उनी त्यहाँ कति अव्यवस्थित ढंगबाट पुगेका थिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob