scheduleबिहिवार बैशाख १२ गते, २०७६

शुरु भयो क्यान इन्फोटेक मेला

काठमाडौं, १५ माघ । सूचना तथा सञ्चार प्रविधिलाई नागरिकसम्म पु¥याउने उद्देश्यले क्यान महासङ्घको आयोजनामा आजदेखि भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा क्यान इन्फोटेक मेला शुरु भएको छ ।

‘सुविसु क्यान इन्फोटेक २०१९ इन एशोसिएशन विथ ई–सेवा’ नाम दिइएको उक्त मेलामा कूल १७५ कक्ष रहेका छन् । आगामी छ दिनसम्म सञ्चालन हुने उक्त मेलामा क्यान महासङ्घका सदस्य संस्थाका साथै विभिन्न स्वदेशी र विदेशी सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीको सहभागिता छ ।

मेला अवलोकनकर्ताले एकै थलोमा सञ्चार प्रविधिका नौला प्रविधि र उपकरणको अवलोकन तथा खरीद गर्न पाउनेछन् । प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल एसेसोरिज, डिलर र डिस्ट्रिब्युटर्स, इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेसन्स, आइसिटी कलेज तथा तालीम प्रदायक संस्थाको सहभागिता रहेको आयोजकले जनाएको छ ।

यसपटक पनि मेलामा प्रविधिका नयाँ आविष्कार, रोबोट प्रदर्शनी तथा कृषि उत्पादनमा प्रविधिको प्रयोगसम्बन्धी आविष्कार लगायतबारे जानकारी गराइनेछ । मेला अवलोकनकर्ताले विदेश भ्रमणदेखि स्वदेशकै पर्यटकीयस्थलसम्मको भ्रमणको अवसर पाउनेछन् । बम्पर पुरस्कारबापत इण्डोनेशियाको बाली र थाइल्याण्डको बैंकक भ्रमणका लागि एक/एक जोडीले दुई रातका लागि खाने बस्नेसहित जान–आउने टिकट पाउनेछन् ।

मेला अवलोकनका लागि सर्वसाधरणलाई प्रवेश शुल्क रु १०० र विद्यार्थीका लागि रु ५० तोकिएको छ । माघ १७ गते ‘बिजनेस डे’का दिन भने सबैले रु १०० शुल्क तिर्नुपर्नेछ । मेलालाई व्यवसायीले व्यापार विस्तारका साथै नयाँनयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्नसक्ने क्यान महासङ्घका महासचिव रञ्जीतकुमार पोदारले बताए ।

इन्फोटेकका मुख्य प्रायोजक सुविसु केवलनेट प्रालि र एसोसिएट प्रायोजक ई–सेवा रहेको छ । मेलामा विशेष आकर्षणका रूपमा मेलामा रहने राबोटिक्स क्षेत्रमा पाँच दिनसम्म रोबोट ब्याटल प्रतिष्पर्धा गरिनेछ । रासस

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob