scheduleबिहिवार बैशाख १२ गते, २०७६

२०२२ देखि अन्तरीक्षमा सुरु हुँदैछ होटल, होटलमा जान अघि यात्रीलाई दुई वर्षको प्रशिक्षण

एजेन्सी, १५ माघ । सुन्दा अचम्म लाग्न सक्छ अन्तरिक्षमा होटल बन्ने कुरा तर यो वास्तविकता हो । अन्तरीक्षमा यो पहिलो होटल हुनेछ जसलाई आगामी २०२१ मा प्रक्षेपण गरिनेछ ।

होटलमा २०२२ देखि मानिसहरु जानसक्ने छन् । त्यहाँसम्म पुग्नका लागि एक विशेष प्रकारको स्पेल ट्रेबल टूर हुनेछ । जसअन्तर्गत होटलमा ६ जना यात्री बस्न सक्नेछन् । त्यो स्पेस टुर १२ दिनका लागि मात्र हुनेछ । होटलमा बस्नका लागि एक व्यक्तिका लागि ६७ करोड मूल्य पर्नेछ । त्यहाँ यात्री शुन्य गुरुत्वआर्कषणमा बस्ने छन् ।

आँरोरा स्टेशन नामको त्यस होटलको निर्माण अमेरिकी कम्पनी ओरायन स्पानले गर्नेछ । यो कम्पनीको संस्थापक तथा सिईओ फ्रेंक बंजर हुन् । बंजरको अनुसार उनको उदेश्य आम मानिसलाई पनि अन्तरीक्षसम्म पुर्याउनु हो । उनको अनुसार अन्तरीक्षमा बनेको होटलमा जान अघि यात्रीलाई दुई वर्षको प्रशिक्षण दिइनेछ ।

त्यस स्पेस होटलमा जाने व्यक्तिले २४ घण्टामा १६ पटकसम्म सूर्योदय र सूर्यास्त देख्न सक्नेछन् । यस्तो किन हुन्छ भने त्यस होटलले ९० मिनेटमा धरतीको एक चक्कर लगाउने छ । सो होटललाई धरतीभन्दा ३२१ किमी टाढा अन्तरीक्ष कक्षमा स्थापित गराइनेछ ।

यस होटललाई लिएर एउटा शोध पनि सम्पन्न भएको छ । शोधमा होटल कक्षमा घुम्दा खाना पकाउन सम्भव छ वा छैन भन्ने विषयमा अध्ययन भएको थियो । यहाँ सबैभन्दा ठूलो विशेषता के छ भने अन्तरीक्षमा पुग्ने ती यात्रीले धरतीमा रहेका आफ्ना मानिसहरुसँग लाइभ च्याट गर्न सक्नेछन् ।

उनीहरुलाई त्यहाँ वायरलेस इन्टरनेटको सुविधा प्रदान गरिनेछ ।

त्यस होटलको लम्बाई ३५ फिट र चौढाई १२ फिट हुनेछ । होटलमा एउटा बार पनि हुनेछ । होटलमा प्राइभेट जेट जस्ता उच्च गुणका स्पेस फूड दिइनेछ । टेक्ससको कम्पनी एक्सियम स्पेस अन्तरीक्षमा सन् २०२४ सम्म एक व्यवसायिक स्पेस स्टेशन स्थापिना गर्ने योजना पनि बनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob