scheduleआइतवार फाल्गुन ५ गते, २०७५

भ्यालेन्टाइन: थाहा पाइ राख्नुहोस् यी विशेष कारणले मनाइन्छ ‘रोज डे’

भ्यालेन्टाइन वीक अथवा प्रेमदिवसको सप्ताहको सुरुवात गुलाबको सुवास र सौन्दर्यतासँग सुरु हुनछ । यसको अर्थ भ्यालेन्टाइन विकको पहिलो दिन ‘रोज डे’ बाट सुरु हुन्छ । यो दिन सबै प्रेम जोडीहरु एकअर्कालाई गुलाबको फुल दिएर आफ्नो प्रेम प्रकट गर्छन् ।

वास्तवमा यो दिन तपाईले आफ्नो पार्टनरसँग मात्र होइन विभिन्न रंगको फुलहरु बाढेर आफ्नो साथी, क्रस वा शत्रुसँग पनि मनाउन सक्नुहुन्छ । यो दिन विभिन्न रंगका फुलहरु आपसमा आदानप्रदान गर्ने गरिन्छ जसको अर्थ पनि रंग अनुसार फरक हुन्छ । आज हामी तपाईलाई यो दिनसँग जोडिएको कुरा यो दिन किन मनाइन्छ भन्ने प्रसंग सुनाउँदै छौं ।

रोड डे मनाउनुको पछाडी एउटा कहानी सुनाउने गरिन्छ । यदि तपाई रोजको अक्षरलाई ठिक तरिकाबाट मिलाउनु भयो भने यो ‘इरोज’ बन्छ जो प्रेमका देवता हुन् । ग्रिक मिथकमा भनिन्छ प्रमेकी देवी भेनसलाई गुलाबको फुल निकै मन पर्दथ्यो ।

रोज डेलाई लिएर अर्को किम्बदन्ती के छ भने मुगल बेगम नूरजहाँलाई रातो गुलाब सबैभन्दा प्रिय थियो । भनिन्छ नूरजहाँलाई खुशी पार्नका लागि उनका श्रीमान् दैनिक टनको हिसाबले ताजा गुलाबहरु दरबार पठाउने गर्दथे ।

यदि तपाई पनि साचोंँ प्रेमको खोजीमा हुनुहुन्छ भने प्रेमको झरीमा भिज्नका लागि तयार रहनुहोस् किनभने रोज डेसँगै चाढै नै भ्यालेन्टाइन विक सुरु हुँदैछ । यदि तपाई कसैलाई लामो समयदेखि मन पराउनुहुन्छ तर प्रस्ताव गर्न सक्नु भैरहेको छैन भने अब ढिलो नगरी एउटा गुलाबको फुल लिएर उसको अगाडी आफ्नो मनको कुरा राख्नुहोस् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob