scheduleशुक्रवार भाद्र ६ गते, २०७६

काँग्रेसका पूर्वसभापतिद्वयको नाममा खुलेका अस्पताल केन्द्र सरकार मातहत राख्ने निर्णय

काठमाडौं, १५ माघ । सरकारले नेपाली काँग्रेसका पूर्वसभापतिहरु स्व. गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेको अस्पताल संघीय सरकार मातहत नै राख्ने निर्णय गरेको छ ।

प्रमुख प्रतिपक्षी दल काँग्रेसको विरोधका कारण सरकार उक्त निर्णय गर्न बाध्य भएको हो । उनीहरुका नाममा स्थापना भएका अस्पताल सरकारले खारेज गर्ने षड्यन्त्र गरेको भन्दै काँग्रेसले सदन अवरुद्ध गर्दै आएको छ ।

मन्त्रिपरिषद् बैठकले काँग्रेसका पूर्व सभापति स्व. गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेका जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, तनहुँ र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल नेपालगञ्जलाई केन्द्र सरकारकै मातहतमा राख्ने निर्णय गरेको हो ।

यसअघि यी दुवै अस्पताल प्रदेश सरकारको मातहतमा राख्ने निर्णय गरेपछि काँग्रेस सरकारको विरोधमा उत्रिएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच सो विषयमा आइतबार राति प्रधानमन्त्री निवास वालुवाटारमा भएको भेटवार्ताका क्रममा नेताहरुको नाममा स्थापना भएको अस्पताल केन्द्र सरकार मातहतमा राख्ने सहमति भएको स्रोतले बताएको छ ।

मन्त्रिपरिषद्को निर्णयबारे सदनलाई माघ १७ गते जानकारी गराउने सरकारको तयारी छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage