scheduleआइतवार भाद्र २९ गते, २०७६

वेस्ट बैंकमा अन्तर्राष्ट्रिय फौज तैनाथ गरिदिन संयुक्त राष्ट्रसंघलाई प्यालेस्टाइनको आग्रह

एजेन्सी, १५ माघ । प्यालेस्टाइनले संयुक्त राष्ट्रसंघ समक्ष वेस्ट बैंक र पूर्वी जेरुसलेममा थाईरुपमा अन्तर्राष्ट्रिय फौजलाई तैनाथ गरिदिन आग्रह गरेको छ ।

२० वर्षपछि हेब्रन शहरमा पर्यवेक्षण फौजको अपरेशनलाई निलम्बन गर्ने इजरायलले बताएपछि मंगलबार प्यालेस्टाइनले त्यस्तो आग्रह गरेको हो ।

प्यालेस्टाइनी अधिकारी सैब इरेकातले इजरायलको आक्रमक कब्जा गर्ने नीति नरोकिएसम्म संयुक्त राष्ट्रसंघले प्यालेस्टाइनका मानिसहरुको सुरक्षाको प्रत्याभूति गर्नुपर्ने बताएका छन् ।

इजारयली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले यस अघि अस्थाई अन्तराष्ट्रिय उपस्थिति हेब्रुन शहरमा थप लम्बिन नदिने बताएका थिए । उनले भनेका थिए, ‘हामी विरुद्ध कार्य गर्ने अन्तराष्ट्रिय शक्तिको निरन्तरतालाई हामी अनुमति दिदैँनौं ।’

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage