scheduleबिहिवार बैशाख १२ गते, २०७६

शहिद भएको शहिद दिवस

कविता
सौगात पोखरेल

बिन्ती
अब कोहि नआउनु मेरो छेउ
रङ्गीन सपनाहरु बोकेर
म भर्खरै घाटबाट
सपनाहरु जलाएर
फर्किएको छु ।
शिरमा सेतो कफन बाधेर
अनयासै बगेका
आशुका नुनिला ढिकाहरु पिउदै
म हेरीरहेको छु
पस्लाङ डाँडो

मलाई हेरिरहेछन्
मेरा सपनाका
मलामी छाँयाहरु ।
तातो घामको रापमा
दरौँदी छेउ
जल्दै गरेको मेरो पतिको
अस्तु बोकेर
पहाडको चुचुरो छिचोल्नु छ मैले ,
र बार्नु नुन
खाली सिउँदोको शोकमा ।
र बाँच्नुपर्छ
रङ्गीन दुनियाँमा
व्ल्याक इन ह्वाईट जिवन ।

मेरो मदन जुनबेलाबाट
शहिद बन्यो
र उनका नेताहरु
त्यसैको केहि बर्षमा
शासक बने
र त काटियो शहिद दिवसको बिदा

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob