scheduleसोमवार भाद्र २ गते, २०७६

बन्दका कारण कञ्चनपुरको जनजीवन प्रभावित

कञ्चनपु, १६ माघ । कञ्चनपुरको भीमदत्तनगरस्थित विद्यार्थी सङ्गठनले गरेको बन्द आह्वानका कारण त्यहाँको जनजीवन प्रभावित बनेको छ। सरकारी स्वामित्वमा रहेको जग्गामा बनेका अवैध संरचना भत्काउन माग गर्दै पटक–पटक ध्यानाकर्षण गराउँदा पनि बेवास्ता गरिएपछि विद्यार्थी सङ्गठनले मङ्गलबारदेखि कञ्चनपुर बन्दको आव्हान गरेका हुन्।

बन्दका कारण बुधबार बिहानैदेखि भीमदत्तनगरबाट चल्ने छोटो तथा लामो दूरीका सवारीसाधन सञ्चालन हुनसकेका छैनन् भने भीमदत्तनगर बजार, शैक्षिक सङ्घसंस्था, उद्योग कलकारखानालगायतको कामकाजसमेत ठप्प बनेको छ ।

महेन्द्रनगर नगर विकास समितिबाट भाडाका नाममा बजारको गुरुयोजना नै मिचेर सयौं पक्की संरचना बनेपछि त्यहाँका विद्यार्थी र युवा संघ–सङ्गठन त्यसको विरोधमा उत्रिएका हुन् । बन्दका कारण सयौं यात्रुहरु पूर्वपश्चिम राजमार्गमा अलपत्र छन्।

अवैध जग्गा लिज खारेजी, निर्माण गरिएका अवैध संरचना भत्काउनुपर्ने र कानून मिचेर जग्गा लिजमा दिने नगर विकास समितिका पदाधिकारीलाई कारवाहीको दायरामा ल्याउनुपर्ने लगायत माग आन्दोलरत पक्षको छ।

यता स्थानीय प्रशासन र संघीय आयोजनाले कडा सुरक्षाबीच अवैध संरचना भत्काउन सुरु गरेको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage