scheduleशनिवार आश्विन ४ गते, २०७६

प्यालेस्टाइनी नागरिकमाथिको हमलाप्रति गम्भिर ध्यानाकर्षण रहेको युएनको भनाई

एजेन्सी, १६ माघ । इजरायलले कब्जा गरेको वेस्ट बैंक क्षेत्रको अल मुघैर गाउँमा प्यालेस्टाइनी नागरिकहरुमाथि लामो समयदेखि भैरहेको चरम हिंसाप्रति आफ्नो गम्भिर ध्यान रहेको संयुक्त राष्ट्रसंघले बताएको छ ।

गैरकानुनी बसोबास क्षेत्र अदई एडबाट इजरायली बासिन्दाहरुले प्यालेस्टाइनी नागरिकहरुमाथि गोली प्रहार गर्दा गत शनिबार एकजना ३८ वर्षे पुरुष हाम्दी नासानको मृत्यु भएको थियो ।

संयुक्त राष्ट्रसंघीय मानव अधिकारका उच्च आयुक्तका प्रवक्ता रुपर्ट कोलभेलीले मंगलबार एउटा वक्तव्य जारी गरेका थिए । सो विज्ञप्तीमा तीस जना संख्यामा रहेको इजरायलीहरुको एक समूह जसमा कतिपाय हतियारधारी थिए उनीहरुले प्यालेस्टाइनी किसानहरुलाई उनीहरुकै जमिनमा हमला गरी गाउँका घर र गाउँलेहरुमाथि लाइभ हतियारले आक्रमण गर्न उत्रिएका थिए भनी उल्लेख गरेको छ ।

सो आक्रमणमा ६ जना प्यालेस्टाइनीहरुमाथि गोली प्रहार भएको थियो र उनीहरु घाइते भएका थिए जसमध्ये तीनजनाको अवस्था निकै गम्भिर रहेको छ । तर इजरायली बासिन्दाहरु घाइते भए वा भएनन् भन्ने कुरा अझै अस्पष्ट छ ।

प्रवक्ता कोलभेलीले भनेका छन् सो गाउँ नजिक तैनाथ इजरायली सुरक्षा फौजलाई तत्काल हमलाबारे अलर्ट जारी गरिएको थियो तर प्रत्यक्षदर्शीका अनुसार ती सुरक्षाकर्मीले त्यहाँ दुई घण्टा पछि मात्र हस्तक्षेप गरेका थिए ।

वक्तव्यमा इजरायली सुरक्षाकर्मीहरुको उदेश्य हमला रोक्न भन्दा पनि प्यालेस्टाइनी नागरिकहरुमाथि अश्रृग्याँस प्रहार गरी उनीहरुलाई धपाउनु रहेको उल्लेख छ ।

मानविय मामिलाका लागि युएन कार्यलयको समन्वय ओसिएचएको अनुसार इजरायली बासिन्दाहरुले गर्ने आक्रमक हमलाका घटनाहरु २०१७ को तुलनामा २०१८ मा औसतमा प्रत्येक महिना ५७ प्रतिशतले बढिरहेको छ र २०१६ को तुलनामा त्यो १७५ प्रतिशतले बढेको हो ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage